ओप्पोद्धारा सेल्फी एक्स्पर्ट एफथ्री सार्वजनिक, ग्रुप सेल्फीका लागि डबल सेल्फी क्यामरा

Technology Khabar २४ बैशाख २०७४, आईतवार

ओप्पोद्धारा सेल्फी एक्स्पर्ट एफथ्री सार्वजनिक, ग्रुप सेल्फीका लागि डबल सेल्फी क्यामरा

काठमाडौं ।

काठमाडौं, २४ बैशाख । क्यामरा फोन ब्राण्ड ओप्पोले नेपाली बजारमा नयाँ सेल्फी एक्स्पर्ट ओप्पो एफथ्री सार्वजनिक गरेको छ । कम्पनीको एफथ्री प्लसपछि सार्वजनिक गरिएको यो फोन डुअल फ्रण्ट क्यामरासहित ग्रुफ सेल्फी पुस्ता लक्षित दोस्रो फोन हो ।

सुपरस्टार राजेश हमालले ओप्पो एफथ्री एक कार्यक्रमका बिच सार्वजनिक गरे ।

सार्वजनिक गरिएको नयाँ फोन एफथ्रीमा डुअल फ्रण्ट क्यामरा राखिएको छ । एकल सेल्फीका लागि फोनमा १६ मेगापिक्सेल र ग्रुप (सामुहिक) सेल्फीका लागि वाइड एङ्गल लेन्स सहितको ८ मेगापिक्सेलको क्यामरा जडान गरिएको छ ।

‘प्राविधिकरुपमा नवप्रबर्तनात्मक, उत्कृष्ट तथा गुणस्तरिय उत्पादन पस्कँदै हामी फ्रण्ट क्यामराको माध्यमबाट आफ्ना उपभोक्तालाई हर क्षण रमाउँदै अनुभव संगाल्न र साँच्दै एकताको सुत्रमा बाँध्न चाहान्छौँ’, ओप्पोको नेपालका लागि प्रमुख कार्यकारी अधिकृत जोनी जीले फोन सार्वनिजक गर्दै भने ।

मध्यम बर्गिय उपभोक्ता लक्षित एफथ्रीको मूल्य कम्पनीले ३५,४९० रुपैयाँ निर्धारण गरेको छ । कम्पनीका अनुसार नेपाली बजारमा बैशाख २३ गतेदेखि फोन उपलब्ध हुनेछ ।

डुअल सेल्फी क्यामेरा–‘एउटा सेल्फी र अर्को ग्रुप सेल्फीका लागि’

‘एउटा सेल्फी, अर्को ग्रुप सेल्फीका लागि’, एफथ्रीमा रहेको डबल भ्यू ग्रुप सेल्फी क्यामराले साधारण सेल्फी क्यामराको तुलनामा दूई गुणा बढी फिल्ड अफ भ्यू दिने क्षमता राख्छ । फोनमा रहेको सिक्सपी लेन्सले इमेज डिस्टोर्सनका साथ उच्च श्रेणीका ब्यवसायिक गुणस्तरका तस्विर लिन सघाउँछ । यसले गर्दा प्रयोगकर्ताले सर्वोत्कृष्ट गुणस्तरका ग्रुप सेल्फी लिन सक्ने ओप्पोका मार्केटिंग म्यानेजर मिचेल लीले जानकारी दिए ।

एकल वा ब्यक्तिगत सेल्फीका लागि एफथ्रीमा १६ मेगापिक्सेल रिजोल्यूशन, १.३ इञ्च सेन्सर र ठूलो एफ/२.० एपर्चरको फ्रण्ट क्यामरा राखिएको छ । त्यसैगरि अर्को ८ मेगापिक्सेलको फ्रन्ट क्यामरा पनि राखिएको छ । चहकिलो ब्याकग्राउण्ड भएका स्थानमा समेत यो क्यामराले तस्विरमा उपयुक्त, प्रकाश समायोजन गर्दै प्राकृतिक तस्विर लिन सघाउने बताईएको छ ।

ओप्पोले नयाँ फोनको क्यामरामा स्मार्ट फेसियल रिकग्निशन बिल्ट इन रुपमा उपलब्ध गराएको छ । यसले तस्विर खिच्ने समयमा क्यामराको फ्रेममा ३ जना भन्दा बढी मानिसको उपस्थिती देखिएमा गु्रप सेल्फी मोडको प्रयोगका लागि प्रयोगकर्तालाई सजग गराउँछ ।

ओप्पो एफथ्रीमा १३ मेगापिक्सेलको १.३ ईञ्च सेन्सरसहितको रियर क्यामरा राखिएको छ । यसले प्रकाश सम्वेदनशिलतालाई बढावा दिँदै रात्रीकालिन समयमा समेत उत्कृष्ट कार्य क्षमता प्रदर्शन गर्ने कम्पनीले जानकारी दिएको छ ।

आकर्षक र उपयुक्त डिजाइन

फोनमा ५.५ इञ्चको डिस्प्ले राखिएको छ भने फोनमा रहेको इन सेल एफएचडी प्रविधिले फोनमा रहेको स्क्रिनलाई साधारण स्क्रिनका तुलनामा १/४ भागले पातलो बनाएको छ ।

निरन्तर सहज प्रयोगका लागि ओप्पो एफथ्रीमा कम्पनीले कलरओस ३.० द्वारा शक्ति प्रदान गरिएको अक्टा–कोर प्रोसेसर, ४ जीबी र्याम र ६४ जीबीको आन्तरिक स्टोरेज राखिएको छ । फोनमा रहेको ट्रिपल स्लट कार्ड ट्रेमा दूई ओटा नानो सिम कार्ड र एउटा माइक्रो एसडी कार्डको प्रयोग गर्न सकिन्छ ।

एफथ्रीमा कम्पनीले ३ हजार २ सय एमएएच क्षमताको ब्याट्री जडान गरेको छ । कम्पनीले गरेको परिक्षणमा ब्याट्रीले निरन्तर १५ घण्टा काम गरेको बताइएको छ ।

फोनमा कम्पनीले सलिड स्टेट फिङगर प्रिण्ट रिडर उपलब्ध गराएको छ । प्रयोगकर्ताले यसमा हल्का रुपमा औला हाल्दा फोन सहजै अनलक हुन्छ । फोनमा प्रयोग गरिएको हाइड्रोफोबिक मेम्ब्रेनले उपभोक्ताको औँलामा आद्रता भएको अवस्थामा समेत फिङ्गर प्रिण्टको सफल पहिचान गर्न सघाउँछ ।

रङको उपलब्धता र प्रतिस्पर्धात्मक मूल्य

ओप्पोले नेपाली बजारमा एफथ्रीलाई गोल्ड, रोज गोल्ड र कालो रङमा उपलब्ध गराउने जानकारी दिएको छ । एफथ्रीको गोल्ड भ्यारियण्ट भने बैशाख २३देखि नेपालभरका प्रमुख बजारहरु मार्फत उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।

easy care

प्रकाशित: २४ बैशाख २०७४, आईतवार

ताजा समाचार