यस्तो छ नोकिया ८ स्मार्टफोन, २३ मेगापिक्सेलको रियर क्यामरा

Technology Khabar २१ बैशाख २०७४, बिहीबार

यस्तो छ नोकिया ८ स्मार्टफोन, २३ मेगापिक्सेलको रियर क्यामरा

काठमाडौं ।

काठमाडौं, २१ वैशाख । नोकियाको विभिन्न स्मार्टफोन नेपालसहित विश्वभर उपलब्ध हुने समय नजिक आउँदै गर्दा नोकियाको नयाँ स्मार्टफोनको पनि चर्चा हुन लागेको छ । कम्पनीले नोकिया ३, नोकिया ५ र नोकिया ६ स्मार्टफोनका साथमा नोकिया ३३१० फिचर फोन ल्याएपछि नोकिया ८ स्मार्टफोन ल्याउने जानकारीहरु आएका छन् ।

कम्पनीले हाई एण्ड स्मार्टफोनको रुपमा ल्याउने बताईएको यो स्मार्टफोनको बारेमा हालै नयाँ रिपोर्ट बाहिर आएको छ । नयाँ रिपोर्टअनुसार नोकिया ८ स्मार्टफोनमा २३ मेगापिक्सेलको रियर क्यामरा हुनेछ भने यसमा क्रिजल लेन्ससहितको क्यामरा राखिने छ ।

अझै नोकिया ८ को अपरेटिंग सिस्टम नयाँ प्रयोग हुने बताईएको छ । रिपोर्टकाअनुसार नोकिया ८ मा एन्ड्रोयडको भेनिला ओएस प्रयोग हुनेछ । एन्ड्रोयड भेनिला पुरै किसिमको एन्ड्रोयड अपरेटिंग सिस्टमसहितको स्मार्टफोन हुन् । बजारमा नेक्सस तथा मोटोको डिभाइसहरुलाई एन्ड्रोयड भेनिला स्मार्टफोनको हाराहारी मान्ने गरिन्छ ।

यसअघि आएको रिपोर्टअनुसार नोकिया ८ स्मार्टफोमा क्वालकमको पछिल्लो चीपसेट स्न्यापड्रागन ८३५ राखिने संभावना छ । नोकिया ८ को दुईवटा संस्करण आउने अनुमान छ जसमा ५.२ इन्च र ५.५ इन्चको स्क्रीन हुनेछ । यो स्मार्टफोनमा ४ वा ६ जीबीको र्याम हुनेछ भने यसको आधारभूत भेरिएन्टमा १२८ जीबीको आन्तरिक स्टोरेज हुनेछ भने अधिकताम स्टोरेज क्षमता २५६ जीबी हुनेछ ।

नोकिया ८ स्मार्टफोनको मूल्य कति हुनेछ भनेर पनि रिपोर्टहरु बाहिर आएका छन् । अधिकांश रिपोर्टकाअनुसार नोकियाको ८ को ५.२ इन्च संस्करणको मूल्य ४,००० यूआन अर्थात ६० हजार रुपैयाँ तथा ५.५ इन्च संस्करणको मूल्य ४,५०० यूआन अर्थात ६७ हजार ५ सय रुपैयाँ हुन सक्नेछ ।

कम्पनीले यो स्मार्टफोन जून महिनामा नै सार्वजनिक गर्न सक्नेछ ।

एजेन्सीहरु

easy care

प्रकाशित: २१ बैशाख २०७४, बिहीबार