पश्चिम नेपाल बस व्यवसायी संघको टिकट अनलाइनबाटै काट्न सकिने

Technology Khabar २० बैशाख २०७४, बुधबार

पश्चिम नेपाल बस व्यवसायी संघको टिकट अनलाइनबाटै काट्न सकिने
Classic Tech

काठमाडौं, २० वैशाख । यात्रुहरूलाई सहज रूपमा घरबाटै टिकट काट्न सहज होस् भन्ने उदेश्यले पश्चिम नेपाल बस व्यवसायी संघले अनलाईन टिकेटिङ शुरू गरेको छ ।

पश्चिम नेपाल बस व्यवसायी संघबाट सञ्चालित सम्पूर्ण गाडिहरूको टिकट मोबाईल एप्लीकेशन तथा अनलाईनबाट काट्न सकिने संघले जनाएको छ ।

हाल पश्चिम नेपालका एसी, र डिलक्स् गाडिमा अनलाईन टिकट काट्न सकिनेछ । योसँगै यात्रुहरूले इसेवामार्फत् अथवा नजिकको इसेवा जोन, पोइन्ट लगायत साइबर, कम्युनिकेशनबाट टिकट काट्न सक्नेछन् । यात्रुहरूले पश्चिम नेपाल बस व्यवसायी संघको मोबाईल एप्लीकेशन, अनलाइन वा ईसेवाको वेबसाइट तथा बससेवाको साइटबाट टिकट काट्न सकिने बताईएको छ ।

यातायात क्षेत्रमा पनि प्रविधिको प्रयोग गरेर यात्रुवर्गलाई सहज र स्तरिय सेवा दिनको लागि अनलाईन टिकटिङको सुरूवात गरिएको बताईएको छ ।

यसका साथै पश्चिम नेपाल बस व्यवसायी संघलाई पूर्ण रूपमा कम्प्युटराइज प्रणालीमा रूपान्तरण गरिएको छ । राजधानी काठमाडौमा रहेको दियालो टेक्नोलोजिज प्रा.लि.सँगको सहकार्यमा कार्यलय सञ्चालन, लेखा, चलानी, अभिलेखन तथा बीमा लगायतका सबै कार्यहरूलाई अटोमेशनमा लगिएको छ । यातायात क्षेत्रमा आधुनिक प्रणाली प्रयोग गरेर छिटो, छरितो र पारदर्शी सेवा दिनका लागि पश्चिम नेपाल बस व्यवसायी संघ अटोमेशनमा जाने नेपालकै पहिलो समिति भएको संघले दाबी गरेको छ ।

संस्थाले हाल काठमाडौंलगायत १३ वटा अञ्चलका मुख्य क्षेत्रका साथै  प्रमुख शहरहरु र अती दुर्गम कच्ची सडकहरुमा समेत यातायात संचालन गर्दै आईरहेको छ । सवारी साधनको संख्या र अवस्थालाई हेर्दा यस संघभित्र प्रत्यक्ष एवं अप्रत्यक्ष रुपमा ७ हजार व्यक्तिहरु रोजगारीमा संलग्न छन् भने त्यसमा २० हजार परिवार आश्रित रहेको संघले उल्लेख गरेको छ ।

TK Viber

प्रकाशित: २० बैशाख २०७४, बुधबार

Loading...