एनसेलमा ‘फ्रि फेसबुक’ सेवा भोलीदेखि बन्द हुँदै

Technology Khabar १८ बैशाख २०७४, सोमबार

एनसेलमा ‘फ्रि फेसबुक’ सेवा भोलीदेखि बन्द हुँदै

काठमाडौं ।

काठमाडौं, १८ वैशाख । दूरसंचार सेवा प्रदायक कम्पनी एनसेलले दिँदै आएको ‘फ्रि फेसबुक’ सेवा बन्द गर्ने भएको छ । एनसेलले आफ्ना सेवा प्रयोगकर्ताहरुका लागि उपलब्ध गराउँदै आएको निशुल्क फेसबुक सेवा यहि मंगलवार १९ गतेदेखि बन्द गर्ने सूचना ग्राहकहरुलाई दिएको छ ।

गएको फागुन ३ गतेदेखि एनसेलले डाटाबाट फेसबुक चलाउँदा शुल्क नलाग्ने व्यवस्था गरेको थियो । जसमा फेसबुकका आधारभूत जानकारीहरु निशुल्क रुपमा चलाउन सकिने सुविधा थियो भने पुरै जानकारीहरु हेर्नका लागि भने डाटाको शुल्क लाग्ने गरेको थियो ।

फेसबुकसँगको सहकार्यमा एनसेलले शुरु गरेको सो सेवा करिब ३ महिनासम्म संचालन भएको थियो । कम्पनीले आफ्ना सेवा प्रयोगकर्ताहरुलाई एसएमएसमार्फत निशुल्क फेसबुक प्रयोग गर्ने सेवा मंगलवारदेखि बन्द हुने जानकारी गराएको छ ।

easy care

प्रकाशित: १८ बैशाख २०७४, सोमबार