यस्तो छ ह्याक गर्न नसकिने स्मार्टफोन ‘जोन म्याक्केफे प्राइभेसी फोन’

Technology Khabar १८ बैशाख २०७४, सोमबार

यस्तो छ ह्याक गर्न नसकिने स्मार्टफोन ‘जोन म्याक्केफे प्राइभेसी फोन’

काठमाडौं, १८ वैशाख । प्रविधिको विकास सँगसँगै हरेकको हातमा स्मार्टफोन पुगिरहेकोछ । नयाँ नयाँ प्रविधि दैनिक आईरहँदा र स्मार्टफोनको विकास भईरहँदा साइबर अपराध पनि बढिरहेको छ ।

अझ पछिल्ला दिनहरुमा स्मार्टफोनबाट विभिन्न सूचनाहरु चोर्ने र ह्याक गर्ने घट्ना पनि बढिरहेको पाईन्छ ।

यस्तोमा प्रयोगकर्ताहरुले सुरक्षित मानिएको स्मार्टफोन चाहिरहेका छन् । यहि विषयलाई ध्यानमा राख्दै एक कम्पनीले ह्याक गर्न नसकिने स्मार्टफोन बनाएको छ । यो स्मार्टफोन छिटै विश्व बजारमा आउनेछ ।

विश्वको चर्चित एन्टिभाइरस सफ्टवेयर बनाउने कम्पनी म्याक्कफेका फाउउन्डर जोन म्याक्कफेले नयाँ स्मार्टफोन ल्याउने तयारी गरिरहेका छन् । हालै न्यूजविकसँगको अन्तरवार्तामा उनले विश्वको पहिलो ह्याक प्रुफ (Hack Proof) स्मार्टफोन सार्वजनिक गर्न लागेको बताएका हुन् ।

म्याक्केफेकाअनुसार जोन म्याक्केफे प्राइभेसी फोन (John McAfee Privacy Phone) सन् २०१७ भित्रै सार्वजनिक हुनेछ । यो स्मार्टफोनमा उत्कृष्ट सेक्यूरिटी अप्शन हुने बताईएको छ ।

यो स्मार्टफोनको पछाडिको भागमा विशेष किसिमको स्विच राखिनेछ जसले यो स्मार्टफोनको हार्डवेयरलाई फिजिकलरुपमा डिस्कनेक्ट गर्न सकिन्छ । म्याक्केफेकाअनुसार केबल सफ्टवेयरको सहयोगबाट मात्रै प्राइभेसीलाई नियन्त्रण गर्न सकिँदैन् । यसको लागि हार्डवेयरको पनि महत्वपूर्ण भूमिका हुन्छ ।

म्याक्केफेले ट्वीटरबाट नयाँ स्मार्टफोनको प्रोटोटाइप सार्वजनिक गरेकाछन् । जसमा फिजिकल होम बटनका साथ ठूलो स्क्रीनमा रहेको छ ।

कम्पनीले सार्वजनिक गर्ने यो स्मार्टफोनको मूल्य करिब १,१०० अमेरिकी डलर हुने अनुमान गरिएको छ । कम्पनीले यो ह्याक प्रुफ स्मार्टफोन विशेषगरि कम्पनीहरुलाई लक्षित गरेर ल्याउने बताएको छ भने सुरक्षित स्मार्टफोन चाहनेहरुले पनि किन्न सक्ने अनुमान गरिएको छ ।

एजेन्सी

प्रकाशित: १८ बैशाख २०७४, सोमबार

Comments are closed.

Loading...