सन् २०१७ को पहिलो त्रैमासमा ओप्पो चौथौँ स्थानमा, २ करोड ५६ लाख मोबाइल सेट बेच्यो

Technology Khabar १८ बैशाख २०७४, सोमबार

सन् २०१७ को पहिलो त्रैमासमा ओप्पो चौथौँ स्थानमा, २ करोड ५६ लाख मोबाइल सेट बेच्यो

काठमाडौं ।

काठमाडौं, १८ बैशाख । ईन्टरनेशनल डाटा कर्पोरेशन (आईडीसी)ले सन् २०१७को पहिलो त्रैमासका लागि स्मार्टफोन अनुगमन नतिजा प्रकाशित गरेको छ । आईडीसीद्वारा प्रस्तुत डाटाका अनुसार वैश्विक बजारमा २५ दशमलव ६ मिलियन विक्रि परिमाण (सेल्स भोल्यूम) र २९ दशमलव ८ प्रतिशत इयर अन इयर ग्रोथका साथ ओप्पो सन् २०१७को पहिलो त्रैमासमा चौथौँ स्थानमा रहेको छ ।

आईडीसीद्वारा प्रस्तुत प्रतिवेदनमा चीनियाँ बजारमा बलियो उपस्थितीका लागि ओप्पोको मध्यम बर्गिय र क्यामेरा केन्द्रित आरनाइन एसले विशेष भुमिका खेलेको उल्लेख छ । त्यसैगरी बाहिरी बजारमा समेत ओप्पोको बृद्धिदर निकै राम्रो रहेको प्रतिवेशनले जनाएको छ । एसियाका अन्य भाग तथा मध्य पूर्व र अफ्रिकी क्षेत्रमा समेत ओप्पोको बलियो विक्रि सञ्जाल मार्फत आफ्नो उपस्थिती जनाउन सफल हुँदै गएको छ ।

भारतिय बजारको  ‘एबोभ द लाइन’ तथा ‘बिलो द लाइन’ क्रियाकलापमा समेत ओप्पो निकै आक्रामक तरिकले लागि परेको छ । त्यसैगरी ईन्डोनेशिया लगायत दक्षिणपूर्वी एसियाली देशहरुमा समेत आफ्नो सेवा केन्द्र स्थापना गर्दै विक्रिपछिको सेवामा उत्कृष्टता प्रदान गर्न थालेको प्रतिवेदन मार्फत जानकारी दिइएको छ ।

easy care

प्रकाशित: १८ बैशाख २०७४, सोमबार

ताजा समाचार

स्मार्ट बोर्डबाट पठनपाठन सुरु

  • Technology Khabar
  • १३ बैशाख २०८१, बिहीबार