गर्ल्स इन आइसिटी डे मनाइयो,आइसिटीमा महिलाको पहुँच बढाउनुपर्नेमा जोड

Technology Khabar १४ बैशाख २०७४, बिहीबार

गर्ल्स इन आइसिटी डे मनाइयो,आइसिटीमा महिलाको पहुँच बढाउनुपर्नेमा जोड

काठमाडौं ।

काठमाडौँ, १४ वैशाख। सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले सूचना,सञ्चार र प्रविधि (आइसिटी) को क्षेत्रमा महिलाको पहुँच बढाउनुपर्नेमा जोड दिएका छन् ।

‘इन्टरनेसनल गर्ल्स इन आइसिटी डे १०१७’ को अवसर पारेर नेपाल दूरसञ्चार प्राधिकरणले विहिबार आयोजना गरेको कार्यक्रममा मन्त्री कार्कीले आइसिटी क्षेत्रमा महिलाको सहभागिता र पहुँच न्यून भएकाले त्यसलाई बढाउनुपर्ने बताएका हुन् ।

‘बौद्धिक सम्पत्ति माथि महिलाको अधिकार नभएसम्म महिलाको मुक्ति हुँदैन्,’ मन्त्री कार्कीले भने।

गाउँगाउँमा इन्टरनेट पुर्याउने भनेपनि भाषाको समस्याले इन्टरनेट कसरी प्रयोग गर्ने भन्ने मुख्य चुनौती भएको उनको भनाइ छ ।

मन्त्री कार्कीले प्राधिकरणलार्इ रकम थुपारेर राख्नुभन्दा पनि सूचना,सञ्चार र प्रविधिको क्षेत्रमा प्रयोग गर्नुपर्ने सुझाव दिए । ‘पैसा थुपारेर राख्ने मात्र हो कि सदुपयोग गर्ने हो,’ उनले भने, ‘डिमोनिटाइज गर्दियो भने के गर्ने, कुनै सरकार आएर पैसाको जिम्मा लिन्न भन्यो भने के गर्ने ?

राष्ट्रिय महिला आयोगका अध्यक्ष भगवती घिमिरेले आर्थिक,सामाजिक र राजनीतिकलगायत राज्यका हरेक संरचनामा महिलाको समान सहभागिता गराउन जोड दिइन् ।

प्राधिकरणका अध्यक्ष दिगम्वर झाले ग्रामीण क्षेत्रका प्रत्येक विद्यालय, स्वास्थ्यचौकी, प्रत्येक गाउँपालिकामा अनिवार्य इन्टरनेट पुर्याउने तयारी भइरहेको जानकारी दिए । उनले यसको लागि विभिन्न स्थानमा अप्टीकल फाइबर राख्ने कार्य भइरहेको बताए । स्थानिय तहमा इन्टरनेटबाट जानकारी दिनकालागि लोकल कन्टेन्ट उत्पादन गर्नुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा महिलाहरुले बनाएको विभिन्न प्रविधि तथा एप्सको बारेमा प्रस्तुती गरिएको थियो ।

Global Bank
easy care

प्रकाशित: १४ बैशाख २०७४, बिहीबार

ताजा समाचार