वानप्लस ५ मा ड्यूल रियर क्यामरा, शक्तिशाली फोनको रुपमा आउने तयारी

Technology Khabar १३ बैशाख २०७४, बुधबार

वानप्लस ५ मा ड्यूल रियर क्यामरा, शक्तिशाली फोनको रुपमा आउने तयारी
फोटोः गूगल

काठमाडौं ।

काठमाडौं, १३ वैशाख । चीनियाँ स्मार्टफोन निर्माता वानप्लसले नयाँ स्मार्टफोन ल्याउने तयारी गरिरहेको छ । केहि समय अघि मात्रै वानप्लस ३टी सार्वजनिक गरेको कम्पनीले नयाँ फ्ल्यागशिप स्मार्टफोन वानप्लस ५ (OnePlus 5) ल्याउन लागेको छ ।

कम्पनीले ल्याउने नयाँ फ्ल्यागशिप स्मार्टफोनमा ड्यूल रियर क्यामरा राख्ने भएको छ । कम्पनीले यो स्मार्टफोन छिटै सार्वजनिक गर्ने तयारी गरिरहेको जानकारीहरु बाहिर आएका छन् । कम्पनीले ल्याउने नयाँ फ्ल्यागशिपको बारेमा थप जानकारीहरु नआएपछि यो चीनमा र भारतीय बजारमा लक्षित गरिने अनुमान गरिएको छ ।

कम्पनीले ल्याउने वानप्लस ५ को नयाँ डिजाइन हालै लीक भएको छ । यो स्मार्टफोन यसअघिको वानप्लस ३टी भन्दा पुरै फरक डिजाइनमा रहेको छ । तर पनि यसमा भएको मेटल फ्रेम भने उस्तै रहेको देखिन्छ । यसका साथै वानप्लस ३टीमा भएको जस्तै राउण्ड एजपनि नयाँ फोनमा हुनेछ ।

वानप्लस ५ स्मार्टफोनमा १६ मेगापिक्सेलको सेल्फी क्यामरा हुने अनुमान गरिएको छ ।

नयाँ फोनमा फिंगरप्रिन्ट पछाडि नराखिनुको अर्थ हो यसको फिंगरप्रिन्ट स्क्यानर फ्रन्ट होम बटनमा नै हुनेछ ।

हाल लीक भएको यो फोनको फाइनल डिजाइन नभएपनि रियर क्यामरामा ड्यूल सेटअप हुने निश्चित भएको छ ।

वानप्लस ५ ग्रे, गोल्ड र ब्ल्याक कलर अप्सनमा आउन सक्ने अपेक्षा गरिएको छ ।

नयाँ स्मार्टफोनमा वानप्लसले स्न्यापड्रागन ८३५ प्रोसेसरका साथमा ६ जीबीको र्याम राख्ने अनुमान छ भने १२८ जीबीको इन्टरनल मेमोरी पनि हुनेछ । यसको स्क्रीन ५.५इन्चको हुने अनुमान भएपछि यसको रिजोल्यूशन कति हुन्छ भन्ने जानकारी छैन् ।

माध्यम

Global Bank
easy care

प्रकाशित: १३ बैशाख २०७४, बुधबार

ताजा समाचार