कोटेश्वरमा ‘हिमालयन फ्रेस अरबिका कफि शप’ स‌ंचालनमा

Technology Khabar ११ बैशाख २०७४, सोमबार

कोटेश्वरमा ‘हिमालयन फ्रेस अरबिका कफि शप’ स‌ंचालनमा
Classic Tech

काठमाडौं, ११ वैशाख । राजधानीको कोटेश्वरमा ‘हिमालयन फ्रेस अरबिका कफि शप’ सञ्चालनमा आएको छ । विभिन्न पेशामा आबद्ध पाँच जनाको समुहले कोटेश्वरमा आधुनिक कफि शप सञ्चालनमा ल्याएका हुन । कफि शपमा अर्गानिक कफिका साथमा विभिन्न प्रकारका ताजा बेकरीको स्वाद लिन पाइनेछ ।

बढ्दो कफि कल्चरलाई मध्यनजर गर्दै बैंक, पुर्वाधार निर्माण, सामाजिक कृयाकलाप तथा पर्यटन क्षेत्रमा सक्रिय पाँच जनाको लगानीमा ‘हिमालयन फ्रेस अरबिका कफि शप’ सञ्चालनमा आएको हो । राजधानीकै उत्कृष्ट कफि शपका रुपमा विकास गर्दै अन्य क्षेत्रमा समेत शाखा विस्तार गर्ने लक्ष्य कफि शपले लिएको छ ।

कोटेश्वरको दक्षिण तर्फ प्रभु बैंकसँगै खुलेको ‘हिमालयन फ्रेस अरबिका कफि शप’ मा कफिका पारखीहरुले चाहे जस्तो स्वादमा विशुद्ध नेपाली अर्गानिक कफि पिउन तथा चाहेजस्तो बेकरी आइटम खान पाउने छन् ।

बैंकिंग पेशामा डेढ दशक लामो अनुभव बटुलेका उद्धवराज थपलिया, पर्यटन पेशामा सक्रिय ध्रुवराज न्यौपाने, निर्माण क्षेत्रमा सक्रिय सागर पाण्डे, सामिाजिक अभियन्ता मनोज अर्याल लगायतको समुहले कफि सप सुरु गरेका हुन् ।

नेपाली शुद्ध अर्गानिक कफिलाई अन्तर्राष्ट्रिस्तरको मेसिनबाट तयार पारेर पारखीहरु समक्ष सेवा दिने बन्दोबस्त कफि शपले मिलाएको जानकारी दिएको छ ।

सञ्चालक थपलिया भन्छन्, ‘जागिरे भएर मात्र हाम्रो योगदान देखिएन । हामी आफैंले व्यवशाय गरेर अरुलाई पनि केही योगदान गरौं भन्ने उद्धेश्यले कफि शप सुरु गरेका हौं ।’

अहिले कफि शपले नौ जनालाई रोजगारी प्रदान गरिरहेको छ । कफि शपमा सबै किसिमका बेकरी आइटमहरु उपलब्ध छन् । साथै कफि शपले अर्डर अनुसारका केक तथा बेकरी आइटम तयार गरिदिँदै आएको जनाएको छ ।

निकट भविष्यमा नै मुलुकका विभिन्न स्थानमा शाखा बिस्तार गर्दै उल्लेख्य रोजगारी श्रृजना गर्ने लक्ष्य कफि शपले लिएको छ ।

निकट भविष्यमा नै कफि शपले अनलाइनबाट आफुकहाँ उपलब्ध सबै सेवाहरुको बुकिङ लिने व्यवस्था गर्न लागेको जारी विज्ञप्तिमा उल्लेख छ ।

TK Viber

प्रकाशित: ११ बैशाख २०७४, सोमबार

Loading...