पर्यटन मन्त्री पुगे चन्द्रागिरि केबलकार चढ्न

Technology Khabar १० बैशाख २०७४, आईतवार

पर्यटन मन्त्री पुगे चन्द्रागिरि केबलकार चढ्न

काठमाडौं ।

काठमाडौं १० वैशाख । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री दिलनाथ गिरीले चन्द्रागिरिको अनौपचारिक भ्रमण गरेका छन् । मन्त्रीगिरि शनिवार सपरिवार छुट्टी मनाउन चन्द्रागिरि पुगेका हुन् ।

मन्त्री गिरीले चन्द्रागिरि केबलकार परियोजनालाई पर्यटकीय गन्तव्यको सूचीमा  सूचीकृत गर्न पहल गर्ने बताए । साथै उनले नेपालको पर्यटन विकासमा नीजि क्षेत्रको भूमिका महत्वपूर्ण रहने विश्वास व्यक्त गरे ।

मन्त्री गिरीलाई चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष एवम् नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले परियोजनाको स्थलगत भ्रमण गराएका थिए ।

ऐतिहासिक, धार्मिक तथा पर्यटकीय गन्तव्यको रुपमा रहेको चन्द्रागिरि डाँडामा कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हल लगायतका पूर्वाधार निर्माण गरेको छ ।

भ्यू टावरमा रहेको दुर्विनबाट सगरमाथालगायत अन्य हिमश्रृखलाहरुको समेत दृश्यावलोकन गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।

easy care

प्रकाशित: १० बैशाख २०७४, आईतवार