अब फिंगरप्रिन्ट भएको क्रेडिट कार्ड, हराउँदा पनि चिन्ता नहुने

Technology Khabar १० बैशाख २०७४, आईतवार

अब फिंगरप्रिन्ट भएको क्रेडिट कार्ड, हराउँदा पनि चिन्ता नहुने
Classic Tech

काठमाडौं, १० वैशाख । तपाईँले फिंगरप्रिन्ट भएको स्मार्टफोन, ट्याबलेट वा ल्यापटपको बारेमा त सुन्नु वा प्रयोग गर्नु नै भएको छ । तर अब यो प्रविधि प्लास्टिक कार्डमा पनि प्रयोग भएको छ ।

वित्तिय सेवा प्रदान गर्ने कम्पनी मास्टर कार्डले विश्वमा पहिलो पटक फिंगरप्रिन्ट सेन्सर भएको क्रेडिट कार्ड सार्वजनिक गरेको छ ।

दक्षिण अफ्रिकामा सफल परिक्षण पछि कम्पनीले यो विश्व बजारमा ल्याएको हो । यो टेक्नोलोजीले मोबाइल फोन पेमेन्ट प्रविधि जस्तै गरि काम गर्दछ । यूजरलाई खरिददारीको समय सेन्सरको माथि आफ्नो औंला राख्नुपर्ने हुन्छ ।

सेक्योरिटी एनालाइस्टहरुका अनुसार फिंगरप्रिन्टको प्रयोग ह्याकिंगको आधारले पुरै सुरक्षित भने छैन्, तर यो बायोमेट्रिक टेक्नोलोजीको सहि प्रयोग आवश्यक छ ।

मास्टरकार्डको सेफ्टी तथा सेक्योरिटी क्षेत्रका विज्ञ अजय भल्लाले फिंगरप्रिन्ट प्रविधिले अधिक सुविधा तथा सुरक्षा हुने बताए । तर फिंगरप्रिन्ट सेन्सर सुरक्षाको दृष्टिकोणबाट पूूर्ण सुरक्षित मानिँदैन् ।

विशेषज्ञहरुकाअनुसार यदि सूचना चोरी भयो भने यसभन्दा पहिले सबै विकल्पहरु समाप्त हुनुभन्दा पहिले फिंगरप्रिन्ट परिवर्तन गर्नका लागि तपाइँसँग नौ मौका हुनेछ ।

विज्ञहरुले जे भएपनि यो अहिलेसम्मकै सबैभन्दा राम्रो प्रविधि हो । यसअघिको चीप र पिनको कम्बिनेशनमा पिन नम्बर कमजोर हुन्छ तर फिंगरप्रिन्टले यसबाट बचाउँछ । बायोमेट्रिक भेरिफिकेसनको प्रयोग पसलहरुमा किनमेलका लागि गर्न सकिन्छ । तर यो फिंगरप्रिन्ट सहितको मास्टरकार्ड प्रयोग गर्नका लागि तपाईँको बैंकले पनि यो प्रविधि अपनाएको हुनुपर्दछ ।

नयाँ कार्ड लिनका लागि तपाईँले इन्रोलमेन्ट सेन्टरमा गएर तपाईँले फिंगरप्रिन्ट स्क्यान गर्नुपर्ने हुन्छ । सेन्सरले दुईवटा फिंगरप्रिन्ट प्रयोग गर्ने अनुमति दिन्छ तर मास्टरकार्डले दुबै फिंगर प्रयोगकर्ताको नै हुनुपर्ने उल्लेख गरेको छ । यस्तो कार्ड अरुलाई प्रयोगका लागि भने दिन सकिँदैन् ।

कार्ड लिईसकेपछि तपाईँले सजिलै किनमेल गर्न सक्नुहुनेछ । यसको लागि फिंगरप्रिन्ट सेन्सर कार्डको दाहिने माथिल्लो कुनामा राखिएको छ ।
माध्यम

TK Viber

प्रकाशित: १० बैशाख २०७४, आईतवार

Loading...