साओमीका स्मार्ट टिभी बजारमा, २ जिबी र्याम भएको एमआई टिभी ४ए

Technology Khabar ८ बैशाख २०७४, शुक्रबार

साओमीका स्मार्ट टिभी बजारमा, २ जिबी र्याम भएको एमआई टिभी ४ए

काठमाडौं ।

काठमाडौं, ८ चैत । नेपाली टेलिभिजन बजारमा ब्राण्डको प्रवेश भएको छ । चीनियाँ इलेक्ट्रोनिक्स ब्राण्ड साओमीको नेपालका लागि आधिकारिक बितरक वत्सल इम्पेक्सले बजारमा हालै नयाँ स्मार्ट टेलिभिजन सेट सार्वजनिक गरेको छ ।

कम्पनीले उच्च श्रेणीका टेलिभिजनहरु एमआई टिभी फोरए (Mi TV 4A) बजारमा ल्याएको हो । कम्पनीले दुईवटा साइजमा ल्याएको टेलिभिजनमा ६४ बिटको क्वाडकोर १.५ गीगाहर्जको एमलोजीक टि९६२ (AMLogic T962) प्रोसेसर राखिएको छ ।

साओमीले बजारमा ल्याएको टिभीमा २ जीबीको डिडिआर फोर र्यामका साथमा ८ जीबीको फ्ल्याश मेमोरी रहेको छ । कम्पनीले नेपाली बजारमा ४३ इन्चको र ४९ इन्चको डिस्प्ले साइजमा टिभी ल्याएको हो, जसको पिक्चर रिजोल्यूशन १०८० पीक्सेल रहेको छ ।

दुबै टिभीमा सामसंग १७८ को भ्यू एंगल रहेको छ भने कनेक्टिभिटीका लागि ड्यूल ब्याण्ड वाईफाई, ब्लूटूथ ४.२ भर्सन रहेको छ ।

यी टेलिभिजनमा डल्बी तथा डिटिएस अडियो रहेको छ भने दुईवटा ६ वाटको स्पीकरहरु राखिएका छन् ।

साओमीको एमआई टिभी ४ए ४३ इन्चको टेलिभिजनको मूल्य ८७ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ भने ४९ इन्चको एमआई टिभी ४एको मूल्य १ लाख ११ हजार ९ सय ९९ रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।

दुबै साइजका स्मार्ट टिभीहरु कम्पनीको एक्सक्लूसिभ शोरुमहरुमा मात्र उपलब्ध हुने बताईएको छ ।

Global Bank
easy care

प्रकाशित: ८ बैशाख २०७४, शुक्रबार

ताजा समाचार