सामसंग एस८ तथा एस८ प्लस भोलीदेखि नेपालमा, मूल्य क्रमश: ८८९०० र ९८९०० रुपैंयाँ हुने

Technology Khabar ५ बैशाख २०७४, मंगलवार

सामसंग एस८ तथा एस८ प्लस भोलीदेखि नेपालमा, मूल्य क्रमश: ८८९०० र ९८९०० रुपैंयाँ हुने
Classic Tech

काठमाडौं, ५ चैत । सामसंगको बहु प्रतिक्षित फ्ल्यागशिप स्मार्टफोन ग्यालेक्सी एस ८ तथा ग्यालेक्सी एस ८ प्लस स्मार्टफोन नेपालमा सार्वजनिक हुने भएको छ ।

कम्पनीले बुधवार एक कार्यक्रमकाबिच नयाँ स्मार्टफोन सार्वजनिक गर्दैछ । नेपाल र भारतीय बजारमा सामसंगले एकैपटक ग्यालेक्सी एस ८ तथा ग्यालेक्सी एस ८ प्लस सार्वजनिक गर्न लागेको हो ।

पहिलो पटक ग्यालेक्सी एस ८ तथा ग्यालेक्सी एस ८ प्लसको प्री बुकिंग अनलाइन मार्फत

सामसंग नेपालले बुधवारदेखि नै ग्यालेक्सी एस ८ तथा ग्यालेक्सी एस ८ प्लसको प्री बुकिंग पनि शुरु गर्नेछ । कम्पनी स्रोतकाअनुसार कम्पनीले प्री बुकिंगमा ग्राहकहरुलाई विभिन्न ग्याजेट्स उपहारमा दिने जानकारी दिएको छ । केहि उपहारहरु छन तर के भनेर अझै थाहा भएको छैन्, स्रोतले भन्यो । प्री बुकिंग पनि बुधवार नै कार्यक्रममा घोषणा गरिनेछ ।

कम्पनीले यसको लागी मिडिया निम्तो पनि पठाइसकेको छ । जहाँ एस ८ सगरमाथाबाट प्रभावित भएर बनाइएको जस्तो तस्विर राखिएको छ भने टेक्टमा पनि इन्सपायर्ड बाइ एरभेष्ट लेखिएको छ ।

सामसंग नेपालले पहिलो पटक ग्यालेक्सी एस ८ तथा ग्यालेक्सी एस ८ प्लसको प्री बुकिंग अनलाइन मार्फत गर्न लागेको छ । कम्पनीले यसअघि अफलाइनमा मात्र प्री बुकिंग लिने गरेकामा यसपटक भने अनलाइनमा गएर प्री बुक गर्नुपर्ने हुन्छ ।

ग्यालेक्सी एस ८ तथा ग्यालेक्सी एस ८ प्लसको मूल्य क्रमशः ८८ हजार ९ सय रुपैंयाँ तथा ९८ हजार ९ सय रुपैंयाँ तोकिने

ग्यालेक्सी एस ८ तथा ग्यालेक्सी एस ८ प्लसको अनलाइनको प्री बुकिंगको लागि कम्पनीले छुट्टै अनलाइन साइट तयार गरेको छ, जून भोली नै सार्वजनिक गरिने स्रोतले जानकारी दियो । ‘यो पटक अनलाइनबाट बुकिंग हुनेछ, स्रोतले भन्यो, ‘ प्री बुकिंगको लागि विशेष कोड लिनुपर्ने छ तर डिटेल भोली नै थाहा होला ।’

सामसंगको फ्ल्यागशिप स्मार्टफोन ग्यालेक्सी एस ८ तथा ग्यालेक्सी एस ८ प्लसको मूल्य पनि भोली नै सार्वजनिक गर्नेछ । यसको मूल्य निकै प्रयासपछि १ लाख रुपैंयाँ भन्दा कम बनाउन सकिएको कम्पनी स्रोतले भन्यो ।

कम्पनीले भोली मात्रै सार्वजनिक गर्ने ग्यालेक्सी एस ८ तथा ग्यालेक्सी एस ८ प्लसको मूल्य क्रमशः ८८ हजार ९ सय रुपैंयाँ तथा ९८ हजार ९ सय रुपैंयाँ तोकिने स्रोतले जानकारी दियो । ‘हामीले यसको मूल्य लाख रुपैयाँ भन्दा कम राख्ने प्रयास गरेका हौं,’ स्रोतले भन्यो ।

यसअघि नै कम्पनीले मूल्यको बारेमा सर्वसाधारणसँग बुझ्नको लागि फेसबुकमा कन्टेस्ट चलाईरहेको छ, जून योजना अप्रिल १८ को मध्यरातमा सकिने उल्लेख छ ।

यो पनि हेर्नुहोस्-

सामसंग ग्यालेक्सी एस ८ तथा एस ८ प्लस आउँदै, नेपाली बजारमा यस्तो छ योजना

TK Viber

प्रकाशित: ५ बैशाख २०७४, मंगलवार

Loading...