अमेजनको फायर टिभी स्टीक भारतमा आउँदै

Technology Khabar ४ बैशाख २०७४, सोमबार

अमेजनको फायर टिभी स्टीक भारतमा आउँदै
NTC_Advt

काठमाडौं, ३ वैशाख । अमेजनले आफ्नो फायर टिभी स्टीकको बजार बिस्तार गर्ने भएको छ । कम्पनीले फायर टिभी स्टीक भारतीय बजारमा सार्वजनिक गर्ने भएको छ ।

हालै आएको एक रिपोर्टअनुसार स्ट्रीमिङ डिभाइस यसअघि गत वर्ष अमेजनले प्राइम सर्भिस भारतमा सार्वजनिक गरेको बेलामा नै गर्ने अनुमान गरिएपछि त्यसमा ढिलाई गरिएको थियो ।

तर अहिले कम्पनीले भारतीय बजारमा फायर टिभी स्टीक छिटै ल्याउने रिपोर्ट आएको छ । भारतमा यसको प्राइम ग्राहकहरुका लागि मूल्य भारु १,९९९/- तोकिने छ भने प्राइमका ग्राहक नभएकाहरुका लागि भने भारु ३,९९९/- तोकिने रिपोर्टमा उल्लेख छ ।

फायर टिभी स्टीक एन्ड्रोयडको कस्टमाइज्ड भर्सनमा आधारित छ र यसले एन्ड्रोयडका एप्स ताथ गेमहरु सपोर्ट गर्दछ । यसले १०८० पीक्सेलको भिडियो उत्पादन गर्ने क्षमता राख्दछ भने एलेक्सा भ्वाइस रिमोटका साथमा आउँछ, जसले आवाजको आधारमा कन्टेन्टहरु खोज्न सहयोग गर्दछ ।

अमेजन फायर टिभी स्टीकले नेटफ्लिक्स, हुलु, एचबिओ नाउ, यूटूव भेभोलगायतका सेवाहरु पनि सपोर्ट गर्दछ ।

प्रकाशित: ४ बैशाख २०७४, सोमबार