८ जीबी र्याम भएको वानप्लस ५ आउनसक्ने

Technology Khabar २९ चैत्र २०७३, मंगलवार

८ जीबी र्याम भएको वानप्लस ५ आउनसक्ने
फाइल फाेटाे
Classic Tech

काठमाडौं, २९ चैत । वान प्लस (OnePlus) स्मार्टफोन आफ्नो आकर्षक फिचर तथा शशक्त डिजाइनका कारण चर्चामा रहँदै आएको छ ।

वान प्लसले बजारमा सार्वजनिक गरेको वान प्लस ३ स्मार्टफोनहरुले अहिले पनि उपभोक्ताहरुको राम्रो प्रतिकृया पाईरहेको छ । यहि बेला वानप्लसले नयाँ स्मार्टफोन ल्याउने चर्चा बाहिर आएको छ ।

कम्पनीले वान प्लस ५ स्मार्टफोन ल्याउने तयारी गरेको बताईएको छ किनकी चीनमा ४ अंकलाई अशुभ मानिन्छ । त्यसैले कम्पनीले वान प्लस ३ टीपछि एकै पटक वान प्लस ५ ल्याउन लागेको हो ।

यो स्मार्टफोन उच्च तहको स्मार्टफोनको रुपमा आउने बताईएको छ । यो स्मार्टफोनमा कम्पनीले ८ जीबीको र्याम राख्ने चर्चा चलिरहेको छ । यसअघिको वान प्लस ३ स्मार्टफोनमा ६ जीबीको र्याम राखेर कम्पनीले निकै चर्चा पाएको थियो ।

यसका साथै यो स्मार्टफोनमा स्न्यापड्रागन ८३५ प्रोसेसर राखिनेछ जून हालै सामसंगले लन्च गरेको ग्यालेक्सी एस एटमा राखिएको छ भने साओमीको आउन लागेको एमआई ६ मा पनि प्रयोग हुनेछ ।

वानप्लस ५ मा बेजेल लेस १४४०X२५६० पिक्सेलको डिस्प्ले हुनेछ भने यसमा ड्यूल क्यामरा सेटअप हुने बताईएको छ ।

वान प्लसले नयाँ स्मार्टफोन सन् २०१७ को दोस्रो सत्रमा सार्वजनिक गर्ने संभावना रहेको छ ।

एजेन्सी

TK Viber

प्रकाशित: २९ चैत्र २०७३, मंगलवार

Loading...