यस्तो डिजाइनमा आउनेछ एप्पलको नयाँ आइफोन

Technology Khabar २७ चैत्र २०७३, आईतवार

यस्तो डिजाइनमा आउनेछ एप्पलको नयाँ आइफोन
Classic Tech

काठमाडौं, २७ चैत । एप्पलको नयाँ आइफोन यहि वर्ष आउने तरखर रहँदा नयाँ आइफोनको बारेमा विभिन्न जानकारीहरु बाहिर आएका छन् ।

एप्पलले आफ्नो १० औं वार्षिकोत्सवको अवसर पारेर विशेष किसिमको आइफोन बनाउने प्रयास गरिरहेको छ । यसको लागि कम्पनीले आइफोन एट वा आइफोन एक्सको नाममा ल्याउन लागेको छ ।

हालै नयाँ आइफोनको डिजाइनको बारेमा तस्विर लीक भएको छ । आइफोन निर्माता कम्पनी फक्सकनबाट लीक भएको तस्विरमा आइफोन एट वा एक्स (iPhone 8/X) को पुरै डिजाइन हेर्न सकिन्छ । यसको फ्रन्ट साइडमा फ्रन्ट क्यामरा, होम बटन, फिंगरप्रिन्ट सेन्सर लगायतका अन्य सेन्सरहरुको बारेमा हेर्न सकिन्छ । यसको वरिपरिको भागमा मेटल फ्रेम रहने संभावना रहेको छ ।

फक्सकनबाट लीक भएको भनिएको नयाँ आइफोनको सबैभन्दा ठूलो सरप्राइज भनेको यसमा ड्यूल रियर क्यामरा हुनेछ । यसमा ड्यूल रियर क्यामरा सिस्टम हुनेछ । यसको चित्रअनुसार एप्पलले नयाँ आइफोन एट वा एक्समा ठाडो किसिमले दुईवटा रियर क्यामराहरु राख्ने छ । त्यसैगरि यसमा एलईडि फ्ल्याश पनि साथमै हुनेछ ।

ड्यूल रियर क्यामरा सेटअपको बिचमा लेजर अटोफोकस सेन्सर रहनेछ । यसका साथै नयाँ आइफोनमा फिजिकल बटनहरु, स्वीचहरु साइडमा हुनेछन भने पावर बटन भोल्यूम रक तथा म्यूट स्वीच पनि हुनेछ ।

यो लीक भएको चित्र आइफोनको लागि नै आधिकारिक चित्र हो वा होइन भन्ने अझै स्पष्ट नभएपनि यसले नयाँ आइफोनको बारेमा निकै चर्चा गराएको छ ।

यसका साथै आएको अर्को जानकारीअनुसार नयाँ आइफोनको उत्पादनमा ढिलाई हुने भएको छ । कम्पनीले नयाँ आइफोन मध्य सेप्टेम्बरसम्ममा मात्र लन्च गर्न सक्ने बताईएको छ । रिपोर्टअनुसार एप्पलको ५.८ इन्चको आइफोन एट थ्रीडी सेन्सिंग टेक्नोलोजीका कारणले ढिला हुने बताईएको छ ।

यसअघि एप्पलले नयाँ आइफोनमा थ्रीडी सेन्सिंग टेक्नोलोजी प्रयोग गर्ने योजना लिएको जानकारीहरु आएका थिए ।

थ्रीडी सेन्सिंग टेक्नोलोजी र ओएलईडी डिस्प्लेमा प्रयोग गर्न अझै समस्याहरु आएको हुँदा नयाँ ५.८ इन्चको आइफोन बजारमा आउन ढिलाई हुने भएको हो ।

एजेन्सीहरु

TK Viber

प्रकाशित: २७ चैत्र २०७३, आईतवार

Loading...