सामसंगको ग्यालेक्सी सि सेभेन प्रो भारतमा, ५.७ इन्चको फूलएचडी डिस्प्ले

Technology Khabar २७ चैत्र २०७३, आईतवार

सामसंगको ग्यालेक्सी सि सेभेन प्रो भारतमा, ५.७ इन्चको फूलएचडी डिस्प्ले

काठमाडौं, २७ चैत । सामसंगले ग्यालेक्सी सि सेभेन प्रो (Galaxy C7 Pro) भारतीय बजारमा सार्वजनिक गरेको छ । कम्पनीले चीनभन्दा बाहिर पहिलो पटक यो फोन सार्वजनिक गरेको हो ।

सामसंगको यो स्मार्टफोन भारतमा अमेजनमा एक्सक्लूसिभ बिक्री गरिने छ ।

ग्यालेक्सी सि सेभेन प्रोमा ५.७ इन्चको फूल एचडी सूपर एमोलेड २.५ डी कब्भ्र्ड डिस्प्ले छ । यसमा २.२ गीगाहर्जको अक्टा कोर स्न्यापड्रागन ६२६ प्रोसेसर ताथ ४ जीबीको र्याम राखिएको छ ।

ड्यूल सिम सपोर्ट भएको यो स्मार्टफोन एन्ड्रोयड मार्शमाल्लो ६.०.१ भर्सनमा आधारित रहेको छ ।

यसमा फूल मेटल यूनिबडी, अलवेज अन डिस्प्ले, होम बटनमा फिंगरप्रिन्ट स्क्यानर तथा सामसंग पे सपोर्ट राखिएको छ ।

यो स्मार्टफोन चीनमा यहि जनवरीमा सार्वजनिक गरिएको थियो ।

फोटोका लागि यो फोनमा ड्यूल फ्ल्याशसहित १६ मेगापिक्सेलको फ्रन्ट क्यामरा ताथ १६ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ । यसको रियर क्यामराले एचडी भिडियो रेकर्डिंग गर्न सक्दछ ।

यसमा ६४ जीबीको आन्तरिक स्टोरेज छ भने कार्डको सहयोगबाट २५६ जीबीसम्म पुर्याउन सकिन्छ ।

कनेक्टिभिटीका लागि ग्यालेक्सी सि सेभेन प्रोमा फोरजी एलटिई, यूएसबी टाइप सी, ब्लूटूथ ४.२ भसर्न, जीपीएस, एनएफसी तथा अडियो ज्याक राखिएको छ । फास्ट चार्जिंग प्रविधिसहितको फोनमा ३३०० एमएएचको ब्याट्री राखिएको छ ।

भारतीय बजारमा यो स्मार्टफोनको मूल्य २७,९९० भारु तोकिएको छ भने नेभी ब्लू तथा गोल्ड कलर अप्सनमा किन्न सकिन्छ ।

यो फोन नेपालमा आउने वा नआउने केहि जानकारी छैन तर पनि आउने अनुमान गर्न सकिन्छ । यसअघि पनि चीनमा मात्र सार्वजनिक भएको ग्यालेक्सी सि नाइन प्रो स्मार्टफोन नेपाल, भारतसहित केहि देशमा सार्वजनिक भएको थियो । त्यसैले यो फोन पनि छिटै नेपालमा आउन सक्दछ ।

TK Viber

प्रकाशित: २७ चैत्र २०७३, आईतवार

Loading...