Technology Khabar २५ चैत्र २०७३, शुक्रबार
काठमाडौं ।
काठमाडौं, २५ चैत । जिओनी ए वान र ए वान प्लस स्मार्टफोन नेपाल र भारतमा एकै पटक सार्वजनिक गर्ने तयारी गरिरहेको छ । नेपालमा प्रि-बुकिंग शुरु गरिसकेको कम्पनीले हाल अफलाइनमा प्रि-बुकिंग शुरु गरेको छ ।
कम्पनीले यहि अप्रिल ११ तारिखसम्म जिओनी ए वान स्मार्टफोन अफलाइनमा प्रि-बुकिंग शुरु गरेको हो । यो स्मार्टफोन प्रि-बुकिंग गर्नेलाई कम्पनीले विशेषरुपमा १००० रुपैयाँको छुट दिने जानकारी दिएको छ ।
सूपर सेल्फी, सूपर ब्याट्रीको नारासहित बजारमा आएको यो स्मार्टफोन सबै स्टोरहरुमा प्रि-बुकिंगका लागि उपलब्ध रहेको छ ।
यसअघि कम्पनीले अनलाइनमा सस्तो डिल डटकममा राखेको थियो जहाँ कम्पनीले प्रि-बुक गर्ने ग्राहकलाई जेबीएलको स्पीकर उपहारमा दिएको थियो ।
प्रि-बुकिंगमा राम्रो प्रतिकृया आएको कम्पनीले जानकारी दिएको छ ।
नेपाली बजारमा यसको मूल्य ३२,९९९ रुपैयाँ तोकिएको छ ।
यो पनि पढ्नुहोस्-
जिओनी ए वान स्मार्टफोन किन्दा २ वर्षको वारेन्टी पाइने !
नयाँ स्मार्टफोन किन्नेभए जिओनीको ए वान आउँदै, ५ हजार रुपैंयामै प्रिबुक गर्न सकिने
प्रकाशित: २५ चैत्र २०७३, शुक्रबार