सामस‌ंग ग्यालेक्सी ए ७ नेपाली बजारमा

Technology Khabar २४ चैत्र २०७३, बिहीबार

सामस‌ंग ग्यालेक्सी ए ७ नेपाली बजारमा
Classic Tech

काठमाडौं, २४ चैत । सामसंग नेपालले सामस‌ंग ग्यालेक्सी ए ७ को नयाँ सिरिज नेपाली बजारमा ल्याएको छ । ५.७ इन्चको ग्यालेक्सी ए ७ २०१७ ले सामसंगको आधुनिक डिजाइन तथा नवीनतम टेक्नोलोजी प्रस्तुत गर्दै ग्राहकहरुलाई शक्तिशाली पर्फमेन्सका साथ आफू अनुरुप फोनको उपयोग गर्ने अधिकतम सुविधा प्रदान गर्ने कम्पनीले जानकारी दिएको छ ।

कर्भ्ड ग्लास र मेटल बडीसहित एक आकर्षक र हार्मोनियस प्रिमियम डिजाइनका साथै नयाँ डुअल सिम ग्यालेक्सी ए सिरिज धुलो र पानी प्रतिरोधक तथा अद्यावधिक क्यामरा फिचर्स तथा फिंगरप्रिन्ट सेन्सरसहित बजारमा ल्याइएको हो ।

ग्यालेक्सी ए ७ दुई रंग ब्ल्याक स्काई र गोल्ड स्याण्डमा उपलब्ध छन् ।

सामस‌ंग ग्यालेक्सी ए ७ को मुल्य बजारमा ५४ हजार ९ सय रुपैयाँ तोकिएको छ । लन्च अफरका रुपमा स्मार्टफोनसँगै ३२ जीबी माइक्रो एसडी कार्ड र १० हजार ४ सय एमएएचको पावर बैंक पनि निशुल्क उपलब्ध गराइने बताइएको छ ।

यो अफर स्टक रहुन्जेलसम्मका लागि मान्य हुने कम्पनीले जानकारी दिएको छ ।

प्रकाशित: २४ चैत्र २०७३, बिहीबार

Comments are closed.

Loading...