टिप्स-स्मार्टफोन स्लो भयोः यी उपाय अपनाएर समस्या समाधान गर्नुस

Technology Khabar २२ चैत्र २०७३, मंगलवार

टिप्स-स्मार्टफोन स्लो भयोः यी उपाय अपनाएर समस्या समाधान गर्नुस

काठमाडौं ।

काठमाडौं, २२ चैत । स्मार्टफोन प्रयोगकर्ताहरुमध्ये धेरैको गुनासो हुन्छ फोन स्लो भयो । नयाँ स्मार्टफोन किनेको बेलामा जुन गतिमा स्मार्टफोनका फिचरहरु चलाउन सकिन्छ त्यो पुरानो हुँदै गएपछि स्लो हुन थाल्दछ । यसले गर्दा कतिपय प्रयोगकर्ताहरुको फोन नै ह्यांग हुने समस्या पनि आउँछ । यस्तो समस्याले कतिपय प्रयोगकर्ताहरुले फोनमा खराबी आयो भनेर जचाउन पैसा पनि खर्च गर्ने गर्दछन् ।

तर तपाईँ यस्तो समस्याबाट मुक्त हुन सक्नुहुन्छ । तपाईँले केहि उपयोगी कामहरु गर्नुभयो भने तपाईँको स्लो भएको स्मार्टफोन पुन नयाँ जस्तै हुन्छ । त्यसको लागि केहि टिप्सहरु यस्ता छन् ।

सफ्टवेयर अपडेट

फोन स्लो हुने एउटा महत्वपूर्ण कारण भनेको स्मार्टफोनको पुरानो सफ्टवेयर पनि हो । कम्पनीहरुले फोन स्लो हुने समस्याको समाधानका लागि बेला बेलामा सफ्टवेयरमा अपडेट पनि गरिरहेका हुन्छन् । यसको लागि तपाईँ फोनमा नोटिफिकेसन आएको हुन्छ, र यस्तो नोटिफिकेसनमा ध्यान दिनुपर्छ । तर कुनै नोटिफिकेसन आएको छैन भने तपाईँले फोनको सेटिंगमा अबाउट फोन भन्ने स्थानमा सफ्टवेयरमा गएर नयाँ सफ्टवेयर अपडेटको बारेमा जाँच गर्न सक्नुहुन्छ । यदि अपडेट आएको छ भने फोनलाई अपडेट गर्नुहोस् ।

डिलीट गर्नुहोस क्याचे मेमोरी

फोन स्लो हुने अर्को महत्वपूर्ण कारण भनेको फोनमा रहेका अनावश्यक क्याचे मेमोरी हुन् । फोन स्लो हुने वित्तिकै सबैभन्दा पहिले आफ्नो फोनबाट क्याचे मेमोरी डिलीट गर्नुहोस् । फोनमा ब्राउजर, एप्लिकेशन तथा गेमलगायतका कुनैपनि फिचर वा एप प्रयोग गरेपछि अनावश्यक डाटा क्याचे मेमोरी फोनमा स्टोर हुन्छ । यस्तो डाटा धेरै जम्मा हुनुभनेको तपाईँको स्मार्टफोन अधिक स्लो हुनु हो र अन्त्यमा फोन ह्यांग हुने समस्या समेत आउँछ ।

यस्तो बेलामा तपाईँले क्याचे मेमोरीलाई डिलटि गरेर समस्या समाधान गर्न सक्नुहुनेछ । क्याचे मेमोरी डिलीट गर्नको लागि तपाईँले फोनको सेटिंगमा दिईएको स्टोरेज अप्सनमा क्लिक गर्नुहोस् । जहाँ क्याचे डाटा अप्सन दिईएको हुन्छ । त्यसपछि त्यहाँ क्लिक गरेर क्याचे डाटा डिलीट गर्नुहोस् ।

मेमोरी कार्डमा ध्यान दिनुहोस्

तपाईँले आफ्नो स्मार्टफोनमा स्टोरेज कम भयो भनेर मेमोरी कार्ड वा एसडी कार्ड राख्नुभएको छ भने त्यसमा पनि ध्यान दिन आवश्यक छ । गूणस्तरहिन मेमोरी कार्ड प्रयोग नगर्नुस यस्ता कार्डहरुले फोनलाई स्लो बनाउने तथा डाटाहरु हराउने संभावना अधिक हुन्छ ।

यसका साथै यदि तपाईँको स्मार्टफोनले कति जीबीसम्मको मेमोरी कार्ड सपोर्ट गर्दछ त्यो बारेमा थाहा पाउनुहोस् । मानौँ तपाईँको स्मार्टफोनमा ६४ जीबीसम्मको मेमोरी कार्ड सपोर्ट गर्दछ भने त्यो भन्दा कम क्षमताको मेमोरी कार्ड मात्र प्रयोग गर्नुहोस् । अर्थात केबल १६ जीबी, ३२ जीबी वा त्यो भन्दा कमको कार्ड राख्नुहोस् ।

मेमोरी कार्ड प्रयोग गर्नुभएको छ भने त्यो मेमोरी कार्ड पुरै भर्नुको साटो केहि खाली राख्नुहोस् । किनकी मेमोरी कार्ड पुरा भएपछि पनि फोन स्लो हुने वा ह्यांग हुने गर्दछ ।

स्मार्टफोनमा थोरै एप्लिकेशन राख्नुहोस्

तपाईँको स्मार्टफोन अनावश्यक एप्स राख्नुभएको छ भने त्यसलाई अनस्टल गर्नुहोस् । यसले स्मार्टफोनको स्टोरेज प्रयोग गरेर फोनलाई स्लो बनाउँछ । यसको लागि आवश्यक र प्रयोगमा रहेका बाहेक अनावश्यक एप्स हटाउनु उचित हुन्छ । थोरै एप्सले स्मार्टफोनको मेमोरी पनि कम मात्र उपयोग गर्ने हुँदा फोन स्लो हुने वा ह्यांग हुने समस्याबाट मुक्ति मिल्छ ।

ब्याकग्राउण्डमा खुलेको एप्स बन्द गरौं

यदि तपाईँको स्मार्टफोनमा ब्याकग्राउण्डमा केहि एप्स चलिरहेको हुन्छ । त्यस्त एप्सलाई बन्द गर्नुहोस् । यसले फोनको र्यामलाई केहि सहता हुन्छ र केहि ठाउँ उपलब्ध हुन्छ । जसले गर्दा फोन ह्यांग हुनबाट बच्न सकिन्छ ।

 

माथि उल्लेखित केहि उपायहरुबाट तपाईँको स्मार्टफोनलाई स्लो हुनबाट बचाउन सकिन्छ । जसले तपाईँको समस्याको समाधान पनि दिन्छ ।
यो टिप्स तपाईँलाई कस्तो लाग्यो हामीलाई कमेन्ट गरेर भन्नुहोस् ।

Global Bank
easy care

प्रकाशित: २२ चैत्र २०७३, मंगलवार

ताजा समाचार