अर्घाखाँची सिमेन्ट अब मोइस्चर प्रुफ प्याकेजिङमा

Technology Khabar २२ चैत्र २०७३, मंगलवार

अर्घाखाँची सिमेन्ट अब मोइस्चर प्रुफ प्याकेजिङमा
Classic Tech
Nepal Telecom

काठमाडौं, २१ चैत । अर्घाखाँची ओपीसी सिमेन्टको उत्पादक कम्पनी अर्घाखाँची सिमेन्ट प्रा.लि.ले नयाँ मोइस्चर प्रुफ प्याकेजिंगमा अर्घाखाँची एमपी ओ.पी.सी. सिमेन्ट बजारमा सार्वजनिक गरेको छ ।

सो सिमेन्ट मोइस्चर प्रुफ प्याकेजिङले गर्दा ओस तथा साधारण पानीले असर नगर्ने र सिमेन्टको धुलो बाहिर ननिस्कने हुनाले निर्माणकर्मी एवं उपभोक्तालाई भण्डारण र प्रयोग गर्नका लागि सहज हुने कम्पनीले जानकारी दिएको छ । यसका साथै साथै धुलो रहित हुने भएकाले लोड अनलोड र निर्माणमा जुट्ने कामदारको स्वास्थ्यमा असर पार्ने छैन ।

अर्घाखाँची एमपी ओ.पी.सी सिमेन्ट सार्वजनिक गर्दै कम्पनीका निर्देशक पशुपति मुरारकाले कम्पनीले गुणस्तरमा ध्यान दिएको भन्दै ग्राहकलाई गुणस्तरीय उत्पादन दिनका लागि नयाँ प्याकेजिंगमा सिमेन्ट प्याक गरिएको बताए । उनले आगामी दशैंसम्ममा उत्पादनको क्षमता बढाउँदै ६० हजार बोरा सिमेन्ट उत्पादन गर्ने योजना सुनाए ।

रुपन्देहीको मैनाहिया गाविसमा स्थित अर्घाखाँची सिमेन्ट प्रा.लि.ले हाल १,२०० मेट्रिकटन क्लिंकर र सिमेन्ट उत्पादन गरिरहेको छ । उद्योगले उच्च स्तरको जर्मन प्रविधिको साथै अटो रोटो प्याकेजिंग प्रविधिको प्रयोगबाट सही तौलको उच्च गुणस्तरिय सिमेन्ट उत्पादन गर्दै आएको जनाएको छ ।

TK Viber

प्रकाशित: २२ चैत्र २०७३, मंगलवार

Loading...