रोयल इन्फिल्ड ‘वन राइड’ सम्पन्न

Technology Khabar २२ चैत्र २०७३, मंगलवार

Classic Tech

काठमाडौं, २२ चैत । औद्योगिक घराना एमभी दूगड समूहको विवेक अटोमोबाईल्स प्रा.लि.ले रोयल इन्फिल्ड वन राइड २०१७ काठमाडौंलगायत नेपालको बिभिन्न ठाउँहरुमा ‘वन राइड’ आयोजना गरेको छ ।

रोयल इन्फिल्ड “Love for the machine and passion for riding” का लागी अप्रिलको पहिलो आइतबारका दिन हरेक वर्ष बिश्व भरीका बिभिन्न ठा“उमा रोयल इन्फिल्ड “वन राइड” आयोजना गरिदै आएको छ । सो वन राइड सोरुम बालाजुबाट शुरुभई विभिन्न स्थानहुँदै सुकुटे विचमा पुगेर सम्पन्न भएको कम्पनीले जानकारी दिएको छ ।

काठमाडौं बाहेक पोखरा, नारायणगढ, इटहरी, बुटवल, दमकमा समेत वन राइड आयोजना गरिएको छ । यस राइडमा काठमाडौबाट सुकुटे विच सम्म ६५ वटा बुलेट बाइक, पोखराबाट वेगनास तालसम्म ४१ वटा, नारायणगढबाट सौराहसम्म ५५ वटा, इटहरीबाट कोसी ब्यारेजसम्म २५ वटा, बुटवलदेखि लुम्बिनीसम्म १८ वटा र दमकदेखि सिमसारसम्म १५ वटा गरी  २१९ वटा बुलेट बाइकहरुका साथ २७५ जनाको सहभागिता रहेको थियो ।

विवेक अटोमोवाइल्सले २१ स्थानबाट रोयल इनफिल्डको विक्री वितरण तथा विक्री पछिका सेवा प्रदान गरीरहेको जारी विज्ञप्तिमा उल्लेख छ ।

TK Viber

प्रकाशित: २२ चैत्र २०७३, मंगलवार

Loading...