नेपाल टेलिकमले नि:शुल्क सीम बाँड्दै, ५० रुपैयाँ ब्यालेन्स पनि उपलब्ध

Technology Khabar २१ चैत्र २०७३, सोमबार

नेपाल टेलिकमले नि:शुल्क सीम बाँड्दै, ५० रुपैयाँ ब्यालेन्स पनि उपलब्ध

काठमाडौं ।

काठमाडौं, २१ चैत। नेपाल टेलिकम बागलुङ शाखाले ग्राहकलाई निःशुल्क रुपमा सीमकार्ड वितरण गरेको छ । बागलुङमा आयोजना भइरहेको चैत्राष्टमी मेलामा स्टल नै राखेर टेलिकमले प्रिप्रेड मोबाइलको सीमकार्ड बाँडेको हो । सो मेलामा दुई दिनमै एकहजार भन्दा बढीले सीमकार्ड लगेको टेलिकम कार्यालयले जनाएको छ ।

आउँदो बुधबारसम्म मेला भर्न आउने दर्शकलाई निःशुल्क रुपमा सीमकार्ड उपलब्ध गराइने कार्यालय प्रमुख केशव शर्माले बताए। ग्राहकले एकप्रति फोटो र नागरिकताको प्रतिलिपि मात्र बुझाएर ५० रुपैयाँ ‘ब्यालेन्स’ भएको सीमकार्ड निःशुल्क पाएका हुन् ।

कार्यालय प्रमुख शर्माले भने, ‘बजार प्रबद्र्धनको लागि र ग्राहकको सुविधाका लागि निःशुल्क रुपमा सीमकार्ड वितरणको व्यवस्था मिलाएका हौं।’

मेला हेर्न आएको बेला अन्य समयमा एकसय रुपैयाँ पर्ने सीमकार्ड निःशुल्क रुपमा लान पाएपछि ग्राहकहरु खुसी भएका छन् । बागलुङ नगरपालिका–१२ कि बिमाया परियारले नेपाल टेलिकमले ग्राहकको मन जित्ने काम गरेको प्रतिक्रिया दिए। उनले मेलास्थलमै निःशुल्क सीमकार्ड पाएकोमा खुसी व्यक्त गरे।

सीमकार्डको ‘स्टल’ मा फाराम भर्ने र सीमकार्ड लिने ग्राहकको भीड लागिरहेको टेलिकमका कर्मचारीले बताएका छन् । मेला, महोत्सवमा यसरी नै निःशुल्क रुपमा सीमकार्ड उपलब्ध गराउँदै आएको कार्यालय प्रमुख शर्माले जानकारी दिए ।

टेलिकमले नयाँ मोबाइल टावर राखिएका ठाउँमा पनि केही दिनको ‘क्याम्प’ राखेर निःशुल्क सीमकार्ड बाँड्ने गरेको बतार्इएको छ ।

जिल्लाको तमान लगायतका ठाउँमा निःशुल्क सीमकार्ड वितरणको ‘क्याम्प’ राख्ने तयारी भएको टेलिकम कार्यालयले जनाएको छ ।

माध्यम

easy care

प्रकाशित: २१ चैत्र २०७३, सोमबार

ताजा समाचार