नोकियाको नयाँ स्मार्टफोन ‘नोकिया ९’ आउँदै, यस्ता छन् विशेषताहरु

Technology Khabar २१ चैत्र २०७३, सोमबार

नोकियाको नयाँ स्मार्टफोन ‘नोकिया ९’ आउँदै, यस्ता छन् विशेषताहरु
NTC_Advt

काठमाडौं ।

काठमाडौं, २१ चैत । केहि समयअघि मोबाइल वल्र्ड कंग्रेसमा नोकियाले आफ्नो ब्राण्डको पुनरागमन गर्दै विश्व बजारमा निकै चर्चा कमाएको छ ।

नोकियाले पछिल्लो दिनहरुमा नयाँ नयाँ फिचरसहितको स्मार्टफोनहरु ल्याईरहेको छ भने केहि फोनहरु आउने क्रममा रहेको रिपोर्टहरु आएका छन् ।

नोकियाका नयाँ फोनहरु नोकिया ७ वा नोकिया ८ नाममा आउने चर्चा आईरहेको बेला फेरी नोकिया ९ (Nokia 9) नामक स्मार्टफोनको जानकारीहरु बाहिर आएका छन् । अन्य कुरा जे भएपनि नोकियाले आकर्षक फिचरसहित नोकिया ९ स्मार्टफोन ल्याउन लागेको छ, जसको बारेमा अनलाइनमा जानकारीहरु देखिएका छन् ।

यो स्मार्टफोन नोकियाको फ्ल्यागशिप फोन हो, जसमा स्न्यापड्रागन ८३५ चीप प्रयोग हुने अनुमान गरिएको छ । नोकिया ९ स्मार्टफोनमा ६ जीबीको र्याम ताथ ६४ जीबी वा १२८ जीबीको आन्तरिक स्टोरेजसहित आउने छ ।

नोकिया नाइनमा ५.५ इन्चको ओएलईडी (OLED) डिस्प्ले हुनेछ, जसमा क्यूएचडी रिजोल्यूशन हुनेछ ।

यो डिभाइसमा नोकियाको एडभान्स ओजो OZO अडियो इन्हान्समेन्ट रहनेछ, जून फिचर आफ्नो स्मार्टफोनमा प्रयोग गर्ने पहिलो स्मार्टफोन नोकिया नाइन हुनेछ ।

यसका साथै नोकिया नाइनमा २२ मेगापिक्सेलको कार्ल जेइस ड्यूल क्यामरा मुख्य क्यामराको रुपमा राखिनेछ भने सेल्फीका लागि १२ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिनेछ ।

सो फोनमा आइरिस स्क्यानर राखिनेछ भने एन्ड्रोयड ७.१.२ भर्सनको नूगट अपरेटिंग सिस्टममा संचालन हुनेछ ।

नोकियाको नयाँ स्मार्टफोनमा क्विक चार्ज ४.० फास्ट चार्जिंग टेक्नोलोजीका साथमा ३,८०० एमएएचको ब्याट्री प्याक हुनेछ ।

यो स्मार्टफोन पानीमा डुबाउँदा पनि केहि नहुने आइपी ६८ सर्टिफिकेसन भएको डस्ट एण्ड वाटर रेसिस्ट्यान्स हुने बताईएको छ ।

प्रकाशित: २१ चैत्र २०७३, सोमबार