हुन्डाईको ‘२०१७ ग्राण्ड आइ१०’ गाडी सार्वजनिक

Technology Khabar १७ चैत्र २०७३, बिहीबार

हुन्डाईको ‘२०१७ ग्राण्ड आइ१०’ गाडी सार्वजनिक

काठमाडौं ।

काठमाडौं, १७ चैत । हुण्डाई मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि. ले नयाँ गाडी सार्वजनिक गरेको छ । यसअघि बजारमा निकै रुचाईएको हुन्डाई आई टेनको नयाँ संस्करण ‘२०१७ ग्राण्ड आइ१०’ सार्वजनिक गरेको हो ।

कम्पनीले सार्वजनिक गरेको नयाँ गाडीमा एक्टेरियरमा परिवर्तन गरिएको छ भने हाईटेक फिचरहरु थप गरिएको छ । यो गाडी सुविधाजनक, आरामदायी र उच्च प्रविधिको समिश्रणयुक्त भएको, क्यासकेड डिजाइन फ्रन्ट ग्रिले तथा एरोडाइनामिक प्रोफाइलसहितको रहेको छ ।

यो गाडीमा यात्रुहरुको लागि अगाडि र पछाडि सिटको लागि अलग्गै एयरकुलर राखिएको छ भने गाडीमा एप्पल तथा एन्ड्रोयडका स्मार्टफोन प्रयोग गर्नका लागि एप्पल प्ले तथा एन्ड्रोयड प्ले राखिएको छ ।

कम्पनीका महाप्रबन्धक रुपेश शर्माले ग्राण्ड आई १० ले बजारमा आफ्नो छुट्टै स्थान कायम गरेको हुँदा नयाँ २०१७ ग्राण्ड आइ १० ले पनि बजारमा उपस्थिती जनाउने अपेक्षा राखे ।

कम्पनीले २०१७ ग्राण्ड आइ १० अरेन्ज, स्टारभिस्ट, सिल्भरलगायतका ६ वटा कलर अप्सनमा आउने जानकारी दिएको छ । २०१७ ग्राण्ड आइ १० म्याग्नाको शुरुवाती मूल्य २६ लाख ९६ हजार छ भने स्पोर्ट्जको शुरुवाती मूल्य २८ लाख ९६ हजार रुपैयाँ छ । त्यस्तै सबैभन्दा माथिल्लो मोडल आस्ताको शुरुवाती मुल्य ३२ लाख ५६ हजार रुपैयाँ तोकिएको छ ।

easy care

प्रकाशित: १७ चैत्र २०७३, बिहीबार