सामसंग ग्यालेक्सी एस ८ तथा एस ८ प्लस सार्वजनिक, हेरौं यसका विशेषताहरु

Technology Khabar १७ चैत्र २०७३, बिहीबार

सामसंग ग्यालेक्सी एस ८ तथा एस ८ प्लस सार्वजनिक, हेरौं यसका विशेषताहरु

काठमाडौं, १७ चैत । सामसंगले बहुप्रतिक्षित आफ्नो नयाँ फ्ल्यागशिप स्मार्टफोन ग्यालेक्सी एस ८ सार्वजनिक गरेको छ । कम्पनीले न्यूयोर्क र लण्डनमा एकैपटक कार्यक्रम आयोजना गरेर नयाँ स्मार्टफोन सिरिज सार्वजनिक गरेको हो ।

सामसंगले बहुप्रतिक्षित स्मार्टफोनका साथमा विभिन्न एसेसरिज पनि सार्वजनिक गरेको छ । सामसंगले एस ८ का साथै एस ८ प्लस पनि ल्याएको छ ।

सामसंगले सार्वजनिक गरेका दुबै मोडलका स्मार्टफोनहरुको फोटो तथा जानकारीहरु करिब करिब सबै बाहिर आईसकेका थिए । कम्पनीले ग्यालेक्सी एस ८ तथा एस ८ प्लसलाई बेस्ट फिचर्स अफ इट्स ग्यालेक्सी लाइनअपका साथै अ ग्राउण्डब्रेकिंग डिजाइन स्लोगनका साथमा बजारमा ल्याएको हो ।

सामसंगको ग्यालेक्सी एस ८ मा ५.८ इन्चको तथा एस ८ प्लसमा ६.२ इन्चको कभ्र्ड सूपर एमोलेड डिस्प्ले राखिएका छन्, जसको रिजोल्यूशन १४४०ह्२९६० पिक्सेल रहेको छ । यसलाई गोरिल्ला ग्लास ५ द्धारा सुरक्षित गरिएको छ ।


क्यामरा

सामसंगको नयाँ फ्ल्यागशिप स्मार्टफोन एस ८ सिरिजमा १२ मेगापिक्सेलको रियर क्यामरा छ जसमा एफ १.७ अर्पाचर, ड्यूल पिक्सेल सेन्सर अटोफोकस, ओआईएस, तथा फोरके भिडियो रेकर्ड गर्ने क्षमता हुनेछ । यसमा सामसंगले लेजर अटोफोकस पनि प्रयोग गरेको छ । अर्कोतर्फ सेल्फीका लागि ८ मेगापिक्सेलको फ्रन्ट फेसिंग क्यामरा छ, यसमा पनि अटोफोकस राखिएको छ ।

यसका साथै सामसंगले प्रयोगकर्ताको परिचान तथा आधिकारिकता पहिचानलाई तिब्र, सहज र भरपर्दो बनाउन आइरिस स्क्यानर पनि राखेको छ । सामसंगले आइरिस स्क्यानरका अलावा रियर फेसिंग फिंगरप्रिन्ट सेन्सर पनि राखेको छ, जसले विभिन्न एप्स खोल्न तथा बन्द गर्न सकिनेछ ।
सामसंगको नयाँ फोन आइपी ६८ प्रमाणपत्रसहित आउनेछ, जसमा धुलो तथा पानीबाट बचाउनका लागि डस्ट एण्ड वाटर रेसिस्ट्यान्स छ ।
ग्यालेक्सी एस ८ सिरिजमा स्टेरियो स्पिकरका साथमा ३.५ एमएमको हेडफोन ज्याक राखिएको छ भने यी फोनहरु एकेजी हेडफोनका साथमा उपलब्ध हुनेछन् ।

हार्डवेयर
ग्यालेक्सी एस ८ तथा एस ८ प्लसमा २.५ गीगाहर्जको अक्टा कोर एक्सनोज ८८९५ प्रोसेसर वा क्वालकम स्न्यापड्रागन ८३५ फरक फरक देशहरुका लागि हुनेछ । यो फोन ४ जीबीको र्याम तथा ६४ जीबीको यूएफएस २.० भर्सनको आन्तरिक स्टोरेजका साथ उपलब्ध हुनेछ । यसको स्टोरेज बढाउनका लागि माइक्रो एसडी कार्ड स्लट पनि छ, जसले २५६ जीबीसम्म सपोर्ट गर्दछ । चीन र कोरियामा भने ६ जीबी भर्सन पनि आउने बताईएको छ ।

ब्याट्री
सामसंगका दुबै फोनहरुमध्ये केहि भिन्नता छ भने त्यो ब्याट्री प्याकमा रहेको छ । सामसंगको नयाँ स्मार्टफोनलाई चलाउनका लागि एस ८ स्मार्टफोनमा ३,००० एमएएचको ब्याट्री तथा एस ८ प्लसमा ३,५०० एमएएचको ब्याट्री राखिएको छ । दुबै स्मार्टफोनहरुमा फास्ट वायरलेस चार्जिंग प्रविधि छ ।
सामसंगको ग्यालेक्सी एस ८ तथा ग्यालेक्सी एस ८ प्लसमा स्टेरियो स्पीकर्स छन् । यस्तो स्पीकर यसअघि आइफोन सेभेन सिरिज, एचटिसी यू अल्ट्रामा प्रयोग भईसकेका छन् ।

कनेक्टिभिटी
यो विश्वको पहिलो स्मार्टफोन हो जसले १ गीगाबाइटको एलटिई सपोर्ट गर्दछ ।
कनेक्टिभिटीका लागि सामसंग ग्यालेक्सी एस ८ सिरिजमा ड्यूल ब्याण्ड गीगाबाइट वाईफाई, एलटिई, जीपीएस, ब्लूटूथ ४.२ भर्सन, एनएफसी, तथा एउटा यूएसबी टाइप सी पोर्ट पनि रहेको छ ।

डेक्स स्टेशन
कम्पनीले आधिकारिकरुपमा डेक्स स्टेशन विथ एक्टिभ कुलिंग ल्याएको छ, जसमा पूरै साइजका पोर्टहरु राखिनेछन् । यो स्टेशनले विण्डोज १० को डेस्कटप वा ल्यापटपमा फोनलाई सिधै कनेक्ट गराउनेछ ।

अपरेटिंग सिस्टम
सामसंग ग्यालेक्सी एस ८ तथा एस ८ प्लसमा एन्ड्रोयडको सबैभन्दा पछिल्लो अपरेटिंग सिस्टम एन्ड्रोयड नूगट ७.० भर्सन रहेको छ ।

बिक्सबी भच्र्यूअल असिस्ट्यान्स
सामसंगको नयाँ फ्ल्यागशिपमा अहिलेसम्मकै सबैभन्दा ठूलो परिवर्तन भनेको नयाँ बिक्सबी डिजिटल असिस्ट्यान्स हो, जून कम्पनीले केहि साता अघि मात्र प्रिभ्यू गरेको थियो । सामसंगले बिक्सबीलाई एप्समा समाहित गर्ने प्रयास गरिरहेको छ, जसले आवाजको सक्रियतामा इन्साइक्लोपेडिया प्रयोग गरेजस्तै हुनेछ । यसले सामसंगका इन्टरनेट अफ थिंग्सका लागि पनि प्रयोग हुने बताईएको छ, जून सन् २०२० सम्म सामसंगले अधिकांश उत्पादनहरुमा प्रयोग गर्नेछ ।

कलर अप्सन
सामसंगले ग्यालेक्सी एस ८ तथा एस ८ प्लस स्मार्टफोन विभिन्न कलर अप्सनमा सार्वजनिक गरेको छ । यो स्मार्टफोन मिडनाइट ब्ल्याक, कोरल ब्लू, म्यापल गोल्ड, अर्किड ग्रे, तथा आर्टिक सिल्भर कलर अप्सनमा आएको छ । यसका साथै कम्पनीले फोनको कलरका साथमा मिल्ने किसिमले एसेसरिजको कलर अप्सन पनि ल्याएको छ ।

मूल्य
यी दुबै स्मार्टफोनहरु अमेरिकी बजारमा अप्रिल २१ तारिदेखि उपलब्ध हुनेछ भने यूरोपमा २८ अप्रिलमा आउने छ । सामसंग ग्यालेक्सी एस ८ को मूल्य ७५० अमेरिकी डलर तथा एस ८ प्लसको मूल्य ८५० डलर तोकिएको छ ।

प्रकाशित: १७ चैत्र २०७३, बिहीबार

Comments are closed.

Loading...