टेलिकमको प्रिपेड मोबाइलमा ब्यालेन्स सकिए अब ‘लोन’ लिन पाइने

Technology Khabar १५ चैत्र २०७३, मंगलवार

टेलिकमको प्रिपेड मोबाइलमा ब्यालेन्स सकिए अब ‘लोन’ लिन पाइने
Classic Tech

काठमाडौं, १५ चैत । नेपाल टेलिकम ग्राहकहरुले अब मोबाइलमा कुरा गर्दागर्दै ब्यालेन्स सकिएमा लोन पाउने भएका छन् । टेलिकमले आफ्ना जीएमएम तथा सिडिएमए प्रिपेड सेवाग्राहीहरुका लागि लोन सेवा उपलब्ध गराउने भएको छ । कम्पनीले सो सेवाका प्रयोगकर्ताहरुलाई ब्यालेन्स नहुँदा कल गर्न लोन रकम उपलब्ध गराउने भएको छ ।

यो सेवा शुरु गर्नका लागि टेलिकम र हंगकंगस्थित टिआक्साको स्थानिय एजेन्ट हेमन्त ट्रेड सेन्टर प्रालीबिच सम्झौता भएको कम्पनीले जानकारी दियो ।

सो सम्झौताअनुसार ग्राहकहरुले जीएमएम तथा सिडिएमए प्रिपेड मोबाइलबाट कुरा गर्दागर्दै सकिएमा ब्यालेन्समा लोन रकम प्राप्त गर्न सक्नेछन् ।

कम्पनीले ग्राहकहरुलाई थप सुविधा दिने नीतिअनुसार जीएमएम तथा सिडिएमए प्रिपेड मोबाइलका एयरटाइम क्रेडिट दिने भएको हो । यो सुविधामा कुनैपनि शुल्क बिना नै ग्राहकहरुले लोन रकम प्राप्त गर्नेछन र सो लोन रकम मोबाइल रिचार्जपछि आउने ब्यालेन्सबाट काटिने बताईएको छ ।

यो सुविधा सम्झौताअनुसार आगामी ५ महिनाभित्र संचालनमा ल्याउने टेलिकमले लक्ष्य लिएको छ ।

प्रकाशित: १५ चैत्र २०७३, मंगलवार

Comments are closed.

Loading...