बेजेल लेज नयाँ स्मार्टफोन आउँदै, एन्ड्रोयडका को-फाउण्डरद्धारा तस्वीर सार्वजनिक

Technology Khabar १५ चैत्र २०७३, मंगलवार

बेजेल लेज नयाँ स्मार्टफोन आउँदै, एन्ड्रोयडका को-फाउण्डरद्धारा तस्वीर सार्वजनिक
Classic Tech

काठमाडौं, १५ चैत । एन्ड्रोयड अपरेटिंग सिस्टमका को फाउण्डर एण्डी रुबीनले नयाँ स्मार्टफोन ल्याउने तयारी गरिरहेका छन् । सो नयाँ स्मार्टफोनले बजारमा निकै चर्चा पाएको छ ।

हालै ट्विटरमा एक तस्विर सार्वजनिक गर्दै सो विशेष स्मार्टफोन देखाएका छन्, जसमा बेजेललेस स्क्रीन राखिएको छ ।

यो स्मार्टफोन पछिल्ला दिनहरुमा स्मार्टफोन निर्माता ठूला कम्पनीहरुले बेजेल लेस स्मार्टफोन ल्याईरहेको बेलामा आउन लागेको हुँदा यसको चर्चा भएको हो । नयाँ स्मार्टफोन हेर्दा शाओमीको एमआई मिक्स जस्तै देखिन्छ ।

रुबीनले यसअघि स्मार्टफोन बनाउनका लागि नयाँ कम्पनी इसेन्सियल प्रडक्ट्स स्थापना गरेका थिए, जसले प्रिमियम स्मार्टफोन बनाउने योजना साथ अगाडि आएको थियो । हाल उनले आफ्नो कम्पनीको पहिलो स्मार्टफोनको तस्वीर बाहिर ल्याएका छन् ।

नयाँ स्मार्टफोनमा माथिल्लो भागमा स्पीकरका लागि स्थान छ भने साइडमा बटन देखिन्छ । यो एन्ड्रोयडमा आधारित स्मार्टफोन भएको अनुमान गरिएको छ । यो स्मार्टफोन पहिलो फ्ल्यागसिप प्रोडक्टको रुपमा आउने रिपोर्टहरु आएका छन् ।

समाचारहरुका अनुसार यो आइफोन सेभेन प्लस भन्दा ठूलो हुनेछ भने मेटल फ्रेमसहित यसको पछाडिको भाग सेरामिकद्धारा तयार हुनेछ । यो स्मार्टफोन यो वर्ष मध्यमा आउन सक्नेछ ।

TK Viber

प्रकाशित: १५ चैत्र २०७३, मंगलवार

Loading...