एलजी एयरकन्डिसनिङ कन्क्लेभ सम्पन्न, नयाँ भेराइटीका एयरकन्डिसनर बजारमा

Technology Khabar १५ चैत्र २०७३, मंगलवार

एलजी एयरकन्डिसनिङ कन्क्लेभ सम्पन्न, नयाँ भेराइटीका एयरकन्डिसनर बजारमा
Classic Tech

काठमाडौं, १५ चैत । चौधरी समूहअन्तर्गतको सिजी इलेक्ट्रोनिक्स र एलजी इलेक्ट्रोनिक्सले सिंगापुरमा एलजी एयरकन्डिसनिङ कन्क्लेभ २०१७ सम्पन्न गरेको छ ।

कन्क्लेभमा विशेषगरी एलजीका मल्टी भीएचभीएसी सिस्टममा आधारित एयर कन्डिसनरको प्रवद्र्धन गर्दै भविष्यमा ऊर्जाको बचत गर्न तथा ग्रिनर इभोलुसका लागि एलजीका उत्पादन प्रवद्र्धन गर्नुपर्नेमा जोड दिइएको कम्पनीले जनाएको छ ।

एयरकन्डिसनिङ कन्क्लेभमा एलजीले घरायसीमात्र नभई कमर्सियल एयर कन्डिसनरको समेत उत्पादन सुरु गरेको जानकारी दिएको थियो । सन् १९६८ मा कोरियामा सुरु भएको ब्रान्ड एलजीले एयरकन्डिसनरका नयाँ भेराइटी समेत बजारमा ल्याएको जनाएको छ ।

नयाँ रेन्जमा आर्ट कुल मोडल समावेश छ जसले आइएफ डिजाइन अवार्ड जितेको छ । यसका डिजाइनले रेडहट डिजाइन अवार्डसमेत जित्न सफल भएको एलजीले प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ ।

नयाँ भेराइटीको एसी विशेषगरी ठूला व्यावसायिक भवन, कर्पोरेट हाउस, बैङ्क, अस्पताल तथा औद्योगिक कारखानामा बढी उपयुक्त हुने कम्पनीले बताएको छ । यसको प्रयोगमा विद्युत् खपत अत्यन्तै कम हुने तथा यसलाई कम ठाउँमा पनि सजिलै जडान गर्न सकिने कम्पनीले जानकारी दिएको छ । यो एसीको आयु २० वर्षभन्दा बढी हुने कम्पनीको दावी छ ।

TK Viber

प्रकाशित: १५ चैत्र २०७३, मंगलवार

Loading...