सामसंग ग्यालेक्सी एस ८ तथा एस ८ प्लसका यस्ता छन विशेषता

Technology Khabar १४ चैत्र २०७३, सोमबार

सामसंग ग्यालेक्सी एस ८ तथा एस ८ प्लसका यस्ता छन विशेषता
Classic Tech

काठमाडौं, १४ चैत । सामसंगले केहि दिनभित्रै आफ्नो नयाँ फ्ल्यागशिप स्मार्टफोन ग्यालेक्सी एस ८ (Galaxy S8) सार्वजनिक गर्दैछ । ग्यालेक्सी एस ८ सार्वजनिक हुनुभन्दा पहिले नै यसको बारेमा विभिन्न जानकारीहरु बाहिर आईसकेका छन् ।

सामसंगले बहुप्रतिक्षित स्मार्टफोनका साथमा विभिन्न एसेसरिज पनि सार्वजनिक गर्ने तयारी गरेको समाचार बाहिर आएका छन् । सामसंगले ग्यालेक्सी एस ८ का साथै ग्यालेक्सी एस ८ प्लस (Galaxy S8+) पनि सार्वजनिक गर्ने भएको छ ।

सामसंगले सार्वजनिक गर्ने दुबै मोडलका स्मार्टफोनहरुको फोटो तथा जानकारीहरु करिब करिब सबै बाहिर आएका छन् । जसअनुसार कम्पनीले ग्यालेक्सी एस ८ तथा एस ८ प्लसलाई ‘बेस्ट फिचर्स अफ इट्स ग्यालेक्सी लाइनअप’ का साथै ‘अ ग्राउण्डब्रेकिंग डिजाइन’ स्लोगनका साथमा बजारमा ल्याउने तयारी गरेको छ ।

सामसंगको ग्यालेक्सी एस ८ मा ५.७ इन्चको तथा एस ८ प्लसमा ६.२ इन्चको कभ्र्ड सूपर एमोलेड (Curved Super AMOLED) डिस्प्ले राखिएका छन्, जसको रिजोल्यूशन २९६०x१४४० पिक्सेल रहेको छ ।

क्यामरा

सामसंगको नयाँ फ्ल्यागशिप स्मार्टफोन एस ८ सिरिजमा १२ मेगापिक्सेलको रियर क्यामरा हुनेछ जसमा एफ १.७ अर्पाचर, ड्यूल पिक्सेल अटोफोकस, ओआईएस, तथा फोरके भिडियो रेकर्ड गर्ने क्षमता हुनेछ ।यसमा सामसंगले लेजर अटोफोकस पनि प्रयोग गर्ने रिपोर्टहरुमा उल्लेख छ । अर्कोतर्फ सेल्फीका लागि ८ मेगापिक्सेलको फ्रन्ट फेसिंग क्यामरा राखिनेछ भने यसमा पनि अटोफोकस रहनेछ ।

यसका साथै सामसंगले प्रयोगकर्ताको परिचान तथा आधिकारिकता पहिचानलाई तिब्र, सहज र भरपर्दो बनाउन आइरिस स्क्यानर पनि राख्नेछ । सामसंगले आइरिस स्क्यानरका अलावा रियर फेसिंग फिंगरप्रिन्ट सेन्सर पनि राख्नेछ, जसले विभिन्न एप्स खोल्न तथा बन्द गर्न सकिनेछ ।

सामसंगको नयाँ फोन आइपी ६८ प्रमाणपत्रसहि आउनेछ, जसमा धुलो तथा पानीबाट बचाउनका लागि डस्ट एण्ड वाटर रेसिस्ट्यान्स हुनेछ ।
ग्यालेक्सी एस ८ सिरिजमा स्टेरियो स्पिकरका साथमा ३.५ एमएमको हेडफोन ज्याक पनि हुने बताईएको छ ।

हार्डवेयर

ग्यालेक्सी एस ८ तथा एस ८ प्लसमा २.५ गीगाहर्जको अक्टा कोर एक्सनोज ८८९५ प्रोसेसर वा क्वालकम स्न्यापड्रागन ८३५ केहि देशहरुका लागि हुनेछ । यो फोन ४ जीबीको र्याम तथा ६४ जीबीको यूएफएस २.० भर्सनको आन्तरिक स्टोरेजका साथ उपलब्ध हुनेछ । यसको स्टोरेज बढाउनका लागि माइक्रो एसडी कार्ड स्लट पनि हुनेछ, जसले २५६ जीबीसम्म सपोर्ट गर्दछ ।

ब्याट्री

सामसंगको नयाँ स्मार्टफोनलाई चलाउनका लागि एस ८ स्मार्टफोनमा ३,००० एमएएचको ब्याट्री  तथा एस ८ प्लसमा ३,५०० एमएएचको ब्याट्री हुने बताईएको छ । दुबै स्मार्टफोनहरुमा फास्ट वायरलेस चार्जिंग प्रविधि राखिनेछ ।

कनेक्टिभिटी

कनेक्टिभिटीका लागि सामसंग ग्यालेक्सी एस ८ सिरिजमा ड्यूल ब्याण्ड गीगाबाइट वाईफाई, एलटिई, जीपीएस, ब्लूटूथ ४.२ भर्सन, एनएफसी, तथा एउटा यूएसबी टाइप सी पोर्ट पनि रहनेछ ।

सामसंगको ग्यालेक्सी एस ८ तथा ग्यालेक्सी एस ८ प्लसमा स्टेरियो स्पीकर्स हुनेछन् । यस्तो स्पीकर यसअघि आइफोन सेभेन सिरिज, एचटिसी यू अल्ट्रामा प्रयोग भईसकेका छन् ।

डेक्स स्टेशन (DeX Station)

कम्पनीले आधिकारिकरुपमा डेक्स स्टेशन विथ एक्टिभ कुलिंग ल्याउनेछ, जसमा पूरै साइजका पोर्टहरु राखिनेछन् । यो स्टेशनले विण्डोज १० को डेस्कटप वा ल्यापटपमा फोनलाई सिधै कनेक्ट गराउनेछ ।

अपरेटिंग सिस्टम

सामसंग ग्यालेक्सी एस ८ तथा एस ८ प्लसमा एन्ड्रोयडको सबैभन्दा पछिल्लो अपरेटिंग सिस्टम एन्ड्रोयड नूगट ७.० भर्सन राखिनेछ ।

मूल्य

सामसंग ग्यालेक्सी एस ८ तथा एस ८ प्लसको मूल्यको बारेमा पनि विभिन्न जानकारी बाहिर आएको छ । ग्यालेक्सी एस ८ को मूल्य ७९९ यूरो तथा एस ८ प्लसको मूल्य ८९९ यूरो हुनसक्ने जानकारी आएका छन् ।

बिक्सबी भच्र्यूअल असिस्ट्यान्स (Bixby Virtual Assistance)

सामसंगको नयाँ फ्ल्यागशिपमा अहिलेसम्मकै सबैभन्दा ठूलो थपभनेको नयाँ बिक्सबी डिजिटल असिस्ट्यान्स हो, जून कम्पनीले केहि साता अघि मात्र प्रिभ्यू गरेको थियो । अहिलेसम्म यसको सम्पूर्ण जानकारी आईसकेको छैन् र यसले कसरी अन्य भच्र्यूअल असिस्ट्यान्सभन्दा राम्रो का मगर्दछ भन्ने थाहा भएको छैन् । सामसंगले बिक्सबीलाई एप्समा समाहित गर्ने प्रयास गरिरहेको छ, जसले आवाजको सक्रियतामा इन्साइक्लोपेडिया प्रयोग गरेजस्तै हुनेछ ।

कलर अप्सन

सामसंगले ग्यालेक्सी एस ८ तथा एस ८ प्लस स्मार्टफोन विभिन्न कलर अप्सनमा सार्वजनिक गर्ने अनुमान गरिएको छ । यो स्मार्टफोन ब्ल्याक, ब्लू, गोल्ड, अर्किड ग्रे, तथा सिल्भर कलर अप्सनमा आउनेछ । यसका साथै कम्पनीले फोनको कलरका साथमा मिल्ने किसिमले एसेसरिजको कलर अप्सन पनि ल्याउने छ ।

अन्य सुविधा

सामसंगले यसका साथमा सामसंग गार्ड एस ८ कार्यक्रम पनि केहि बजारहरुका लागि ल्याउनेछ । यो कार्यक्रमअनुसार खरिदकर्ताहरुले आफ्नो फोन मर्मत सेवा दुई घण्टाभित्र उपलब्ध हुनेछ । यसका साथै सामसंगको आधिकारिक वारेन्टी केहि देशहरुमा थप हुने छ भने स्क्रीनमा वान टाइम रिप्लेसमेन्ट ताथ रिमोट सपोर्ट अप्सन दिनेछ ।

सामसंगले सामसंग ग्यालेक्सी एस ८ तथा एस ८ प्लस यहि मार्च २९ तारिखमा अमेरिकाको न्यूयोर्कमा एक कार्यक्रमका बिच औपचारिकरुपमा अनावरण गर्दैछ । त्यसपछि विभिन्न बजारमा क्रमश यो स्मार्टफोन उपलब्ध हुनेछ त्यसपछि मात्र यसको आधिकारीक जानकारीहरु थाहा हुनेछ ।

TK Viber

प्रकाशित: १४ चैत्र २०७३, सोमबार

Loading...