टिप्स: मेमोरी कार्डबाट डिलीट भएको डाटा यसरी गर्नुहोस रिकभर

Technology Khabar १४ चैत्र २०७३, सोमबार

टिप्स: मेमोरी कार्डबाट डिलीट भएको डाटा यसरी गर्नुहोस रिकभर
Classic Tech

काठमाडौं, १४ चैत । अहिले हरेक मानिस करिब करिब टेक्नोलोजीसँग जोडिएको पाइन्छ । अझ स्मार्टफोनको सहज र सूपथ मूल्य गर्दा प्रविधि अझ सहज भएको छ । यस्तै प्रविधिको विकास डाटा राख्नको लागि पनि हुने गरेको छ ।

कुनैबेला क्यामरामा रीलको प्रयोग हुने गर्दथ्यो जसमा करिब ३० वटा फोटो मात्र खिच्न सक्नुहुथ्यो । तर अहिलेको समयमा मेमोरी कार्डले रीललाई बिस्थापन गरिसकेको छ । मेमोरी कार्डको प्रयोगबाट तपाईँले लाखौं तस्विरहरु संग्रह गरेर सुरक्षित राख्न सकिन्छ ।

अहिले मेमोरी कार्ड स्मार्टफोन वा क्यामरामा मात्र नभई विभिन्न डिजिटल डिभाइसहरुमा प्रयोग हुने गरेको छ । सबैभन्दा धेरै स्मार्टफोनमा प्रयोग गर्ने गरिएको छ । यसको उपलब्धताले गर्दा स्मार्टफोन प्रयोगकर्ताले आफूलाई मनपर्ने एप्स, म्यूजिक, भिडियो, फोटो वा अन्य डाटाहरु एकै स्थानमा स्टोर गर्न सक्नुहुनेछ ।

कतिपयले आफ्नो व्यक्तिगत र गोप्य डाटाहरु मेमोरी कार्डमा राख्ने गरेका छन् । त्यसैले यसको सुरक्षामा सबैले ध्यान दिने गरेका छन् । तर पनि कहिलेकाँही यसमा भएका सबै डाटाहरु डिलीट भएमा भने निकै समस्या आउने गर्दछ । आफ्ना सबै डाटा हराएर चिन्तित हुनुहुन्छ भने हामी तपाईँलाई केहि सहज उपाय दिँदैछौं जसले हराएको डाटा फिर्ता पाउन सकिन्छ ।

कार्डलाई अर्को डिभाइसका साथमा चेक गर्नुहोस्

मेमोरी कार्डको साथ सबैभन्दा सामान्य र नियमित समस्या भनेको भाइरसलगायतका कारणले डाटा डिभाइसलाई अन्य डिजिटल डिभाइसमा देखाउँदैन् । यस्तो बेलामा एसडी कार्डलाई झिकेर अर्को डिभाइसमा प्रयोग गरेर चेक गर्नुहोस् ।

कार्ड रीडरमा हेर्नुहोस्

तपाईको मेमोरी कार्डलाई कार्ड रीडरमा राखेर पनि जाँच गर्न सक्नुहुनेछ । यसको लागि तपाईँले स्टार्टमा गएर सर्च वक्समा सिएमडी (cmd) टाइप गर्नुहोस् र कमाण्ड विण्डो खुलेपछि ड्राइभलाई फलो गर्दै सीएचकेडिएसके (chkdsk) टाइप गर्नुहोस् । यसपछि कोलन तथा स्लास एफ लेख्नुहोस् र इन्टर दबाउनुहोस् । यसपछि तपाईँको समस्याको समाधान पत्ता लाग्नेछ । समस्याको आधारमा नै सोहि किसिमले चरणबद्ध तरिकाले काम गर्नुहोस र समाधान गर्नुहोस् ।

ड्राइभ चेक

कयौं पटक सिस्टम, एसडी कार्डका लाई एक नयाँ ड्राइभलाई असाइन गर्दैन र  ड्राइभमा डिस्कलाई लगाउनका लागि प्रयोगकर्तालाई भनिरहन्छ । यस्तो बेलामा यो समस्याको समाधानका लागि तपाईँले आफ्नो अपरेटिंग सिस्टम सेटिंगको माध्यमबाट न्यू ड्राइभ लेटरको असाइन गरेर यस्तो समस्याहरुको समाधान गर्न सक्नुहुनेछ ।

कार्ड प्रोपर्टीमा हेर्नुस्

एसडी कार्डको डाटालाई पुन प्राप्त गर्नको लागि यो एक उपाय हो । यसको लागि तपाईँले कार्ड ड्राइभको प्रोपर्टीमा गएर स्पेसलाई जाँच गर्नुहोस् ।फाइल पुरै किसिमले डिलीट भएको छ भने एसडी कार्डमा पुरै स्पेस देखाउँछ । कयौं पटक केबल डाईरेक्ट्री नै डिलीट हुनसक्दछ । यस्तो बेलामा भने तपाईँले स्यानडिस्क इनबिल्ट सोलुसनको प्रयोग गर्न सक्नुहुनेछ । जसले डिलीट भएको सबै फाइलहरुलाई रिस्टोर गर्न सक्दछ ।

डिस्क डाइग्नोस्टिक टूलका साथ चेक गर्नुस्

यदि तपाईँको मेमोरी कार्डमा विभिन्न फाइलहरु छन तर त्यसलाई सेभ गर्न समस्या भईरहेको छ भने तपाईँको कार्ड प्रोटेक्टेड मोडमा हुन सक्दछ । यस्तो अवस्थामा तपाईँको कार्डमा भएका सबै फाइलहरुलाई सेभ गर्न वा परिवर्तन गर्नका लागि त्यसलाई अनलक गर्नुपर्ने हुन्छ ।
यस्तो बेलामा तपाईँको डिस्क डाइग्नोस्टिक टूलको प्रयोग गर्नुपर्ने हुन्छ, जून एसडी कार्डमा आधारित रहेर काम गर्दछ ।

यसका साथै दोस्रो तर्फ तपाईँले कुनै तरिकाले रिकभरी सफ्टवेयरको पनि प्रयोग गरेर एसडी कार्डको डाटालाई पुन स्टोर गर्न सकिन्छ ।

TK Viber

प्रकाशित: १४ चैत्र २०७३, सोमबार

Loading...