Technology Khabar १० चैत्र २०७३, बिहीबार
काठमाडौं, १० चैत । चीनियाँ स्मार्टफोन मेकर कम्पनी शाओमीले नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले नेपाली बजारमा एमआई नोट टू (Mi Note 2) स्मार्टफोन सार्वजनिक गरेको हो ।
नेपाली बजारमा शाओमीको नयाँ फोन वत्सल इम्पेक्सले भित्र्याएको हो ।
शाओमीको नयाँ नोट टूमा ५.७ इन्चको ओएलईडी कब्र्ड डिस्प्ले राखिएको छ । यसमा २.३५ गीगाहर्जको क्वालकम स्न्यापड्रागन ८२१ प्रोसेसर राखिएको छ भने यसमा ६ जीबी र्याम र १२८ जीबीको स्टोरेज रहेको छ ।
फोनमा फोटो खिच्नका लागि २२.५मेगापिक्सेलको रियर क्यामराका साथै ८ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ ।
एन्ड्रोयड मार्शमाल्लो ६.०.१ मा आधारित एमआई यूआई ८ मा संचालन हुन्छ ।
शाओमीको एमआई टू स्मार्टफोनमा ४,०७० एमएएचको ब्याट्री प्याक राखिएको छ
यो फोन बजारमा ७६,९९९ रुपैयाँमा किन्न सकिनेछ भने फोन खरिदमा ४,४९९ रुपैंया मूल्यको एमआई ब्याण्ड टू निशुल्क प्राप्त गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।
यो योजना यहि मार्च २८ तारिखसम्म राखिएको छ जसको लागि आधिकारिक वेबसाइट तथा रिटेलबाट किन्न सकिने कम्पनीले जनाएको छ ।
प्रकाशित: १० चैत्र २०७३, बिहीबार