प्रभु बैंकको हकप्रद साधारण शेयर निष्काशकमा एन.सि.एम.मर्चेन्ट

Technology Khabar १० चैत्र २०७३, बिहीबार

प्रभु बैंकको हकप्रद साधारण शेयर निष्काशकमा एन.सि.एम.मर्चेन्ट

काठमाडौं ।

काठमाडौं, १० चैत । प्रभु बैंक लिमिटेडको पन्ध्रौं वार्षिक साधारणसभाबाट पारित भए बमोजिम कायम शेयरधनीहरुकोे लागि १० कित्ता शेयर बराबर ४ कित्ता अर्थात चुक्ता पूंजीको ४०% ले हुने २,३५,२५,६०८ कित्ता हकप्रद शेयर निष्काशन गर्नको लागि एन.सि.एम.मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिएको छ ।

उक्त कार्यको लागि प्रभु बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र एन.सि.एम मर्चेण्ट बैंकिङ्गको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठका हकप्रद शेयर निष्काशन गर्ने सम्झौता भएको बैंकले जनाएको छ ।

Global Bank
easy care

प्रकाशित: १० चैत्र २०७३, बिहीबार

ताजा समाचार