Technology Khabar ९ चैत्र २०७३, बुधबार
काठमाडौं, ९ चैत । शाओमीले नयाँ स्मार्ट होम एप्लाइन्स सार्वजनिक गरेको छ । कम्पनीले नयाँ स्मार्ट टिभी बजारमा ल्याएको हो ।
शाओमीले होम केयर प्रोडक्टहरुा पछिल्ला दिनमा ल्याईरहेको बेला कम्पनीले एमआई टिभी फोर ए (Mi TV 4A) सार्वजनिक गरेको हो । कम्पनीले नयाँ स्मार्ट टिभी ४ वटा साइजमा सार्वजनिक गरेको छ । यो टिभी ४३ इन्च, ४९ इन्च, ५५ इन्च र ६५ इन्चमा बिक्रीका लागि उपलब्ध हुनेछ ।
शाओमीको नयाँ टिभी बिहिवारदेखि चीनमा बिक्री शुरु हुनेछ । यो टिभीको शुरुवाती मूल्य २,००९ यूआन तोकिएको छ ।
यो टिभीमा १.५ गीगाहर्जको क्वाडकोर ६४ बिटको एमलोजिक प्रोसेसर राखिएको छ । यसका सबै मोडलहरुमा ३२ जीबीको मेमोरी छ भने यसमा एचडी र फोरके डिस्प्ले रिजोल्यूशन रहेको छ ।
शाओमीको नयाँ स्मार्ट टिभीमा कनेक्टिभिटीका लागि वाईफाई, ब्लूटूथ राखिएको छ भने यसको सबैभन्दा महत्वपूर्ण विशेषता यसलाई एआई (AI) भ्वाइस कन्ट्रोलका साथ बजारमा ल्याईएको छ ।
यो टिभीका साथ कम्पनीले थर्ड जेनेरेशनको टिभी रिमोट कन्ट्रोल दिनेछ ।
प्रकाशित: ९ चैत्र २०७३, बुधबार