ग्लोबल आइएमई क्यापीटलले हिमालयन पावरको आयोजना प्रभावितहरुलाई शेयर बाँड्यो

Technology Khabar ९ चैत्र २०७३, बुधबार

ग्लोबल आइएमई क्यापीटलले हिमालयन पावरको आयोजना प्रभावितहरुलाई शेयर बाँड्यो

काठमाडौं ।

काठमाडौं, ९ चैत । ग्लोबल आइएमई क्यापीटलको निष्कासन तथा विक्री प्रवन्धकत्वमा आयोजना प्रभावित क्षेत्रका लमजुङ्ग जिल्लाका बासिन्दाहरुलाई निष्कासन गरिएको हिमालयन पावर पार्टनर लिमिटेडको १०० रुपैयाँ अंकित दरको १०,६५,४१७ (दस लाख पौंसठ्ठी हजार चार सय सत्र) कित्ता शेयर आयोजना प्रभावित बासिन्दाहरुलाई बाँडिएको छ ।

यसअन्र्तगत आयोजना प्रभावित क्षेत्रका गाबिसहरु चिती, ढोडेनी, बन्सर, नौथर, श्रीमञ्ज्याङ्ग, अर्चलबोटका लागि ५० प्रतिशतले हुन आउने ५,३२,७०८ कित्ता र बाँकी पचास प्रतिशत शेयर लमजुङ्ग जिल्लाका सम्पूर्ण बासिन्दाहरुलाई बाँटफाँट गरिएको छ ।

यहि माघ १० गतेदेखि फागुन २ गतेसम्म आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुलाई निष्कासन तथा विक्री खुल्ला गरिएकोमा संकलन केन्द्रहरुबाट कुल ९,४७४ आवेदन फारममार्फत जम्मा ३१,४१,९३५ कित्ता आवेदन प्राप्त भएको बैंकले जनाएको छ । जसमध्ये रितपुर्वक आवेदन दिने जम्मा ९,४६८ जना आवेदकलाई ३१,४०,८६० कित्ता शेयर ग्लोबल आइएमई क्यापीटलको कार्यालयमा बुधवार बाँटफाँट गरिएको क्यापीटलले जानकारी दिएको छ ।

साथै बाँटफाँटमा नपरेको रकम फिर्ता भुक्तानी यही चैत १५ गतेदेखि शेयर दरखास्त आवेदन फारममा उल्लेख गरेको बैंक तथा वित्तीय संस्थाको बैंक खातामा सोझै भुक्तानी गर्ने व्यवस्था मिलाएको छ ।

आवेदकहरु मध्ये आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुको लागि ५,३२,७०८ कित्ता शेयर ३,६५८ जना मध्ये ३,६५७ जनालाई,  र अन्य लमजुङ्ग जिल्लाका सम्पूर्ण बासिन्दाहरुलाई ५,३२,७०९ कित्ता शेयर ५,८१६ जना मध्ये ५,८११ जनालाई समानुपातिक रुपमा शेयर बाँटफाँट गरिएको कम्पनीको भनाई छ ।

त्यसैगरि आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुको हकमा ५० कित्ता शेयर आवेदन गर्ने आवेदकहरुलाई न्युनतम ३४ कित्ता प्रदान गरीएको कम्पनीले उल्लेख गरेको छ ।

easy care

प्रकाशित: ९ चैत्र २०७३, बुधबार