गुणस्तरहिन मोबाइल सेटले सेवाको क्वालिटीमा समस्या: नेपाल टेलिकमको

Technology Khabar ७ चैत्र २०७३, सोमबार

गुणस्तरहिन मोबाइल सेटले सेवाको क्वालिटीमा समस्या: नेपाल टेलिकमको
Classic Tech

काठमाडौं, ७ चैत । नेपाल टेलिकमले गुणस्तरहिन मोबाइल सेटका कारण सेवाको गुणस्तरमा समस्या आउने बताएको छ । कम्पनीले गुणस्तरहिन सेट प्रयोगकर्ताहरुले बढि समस्या भोग्ने गरेको भन्दै यसले कल गर्न समस्या हुने उल्लेख गरेको छ ।

कम्पनीकी प्रवक्ता प्रतिभा तुलाधरले बिहिबार संचारकर्मीहरुसँग अन्तरक्रिया कार्यक्रममा गुणस्तरहिन मोबाइल सेटका कारण सेवाको गुणस्तरमा प्रभाव पार्ने उनले बताईन् । ‘गुणस्तरहिन सेटले कल ड्रप हुने, कल नलाग्ने जस्ता समस्याहरु आउँछन्,’ उनले भनिन् ।

त्यसैगरि कम्पनीले सेवाको गुणस्तरमा जोड दिएको भन्दै विभिन्न कारणले समस्या आएको उनले बताईन् । ‘हामीले पछिल्लो दिनमा गुणस्तरमा ध्यान दिएका छौं, क्वालिटी कन्टिन्यूअस प्रोसेस हो,’ उनले भनिन्, यसलाई भूकम्पले प्रभाव पारेको र ग्राहकहरुले घरमा बिटिएस राख्न नदिएको हुँदा समस्या आएको हो ।

प्रवक्ता तुलाधले भ्वाइसमा आगामी दिनमा पनि पहिलो स्थानमा नै हुने बताईन् । ‘हामी अहिले भ्वाइसमा नम्बर वान छौं र आगामी दिनमा डाटामा पनि नम्बर वान हुने प्रयासमा छौं,’ उनले भनिन् ।

त्यसैगरि कार्यक्रममा बोल्दै टेलिकमकी महाप्रबन्धक कामिनी राजभण्डारीले गुणस्तरको समस्या समाधानका लागि तत्काल समस्या समाधान गर्ने व्यवस्था मिलाएको बताईन् । उनले गुणस्तरमा आएको गुनासो समाधान गर्न प्राविधिक तथा ग्राहक सेवाका जनशक्ति परिचालन गर्ने जानकारी दिईन् ।

टेलिकमको सहायक कम्पनी ल्याउन पहिलो चरणको अध्ययन गरेको र यसको लागि थप अध्ययन कार्य गरिरहेको राजभण्डारीले जानकारी दिईन् ।

त्यसैगरि कम्पनीका निर्देशक अशोक थापाले टेलिकमले फोरजी प्रविधिमा ध्यान दिने योजना रहेको जानकारी दिए ।

कार्यक्रममा कम्पनीका प्रमुख वित्तिय अधिकृत सूर्यभक्त पोखरेलले टेलिकमको आर्थिक अवस्थाको बारेमा जानकारी गराएका थिए । उनले कम्पनीले शुल्क घटाएर मात्र सेवा सस्तो नहुने भन्दै सरकारले पनि कर घटाउनुपर्ने बताए ।

TK Viber

प्रकाशित: ७ चैत्र २०७३, सोमबार

Loading...