नयाँ स्मार्टफोन किन्नेभए जिओनीको ए वान आउँदै, ५ हजार रुपैंयामै प्रिबुक गर्न सकिने

Technology Khabar ६ चैत्र २०७३, आईतवार

नयाँ स्मार्टफोन किन्नेभए जिओनीको ए वान आउँदै, ५ हजार रुपैंयामै प्रिबुक गर्न सकिने

काठमाडौं ।

काठमाडौं, ६ चैत । जिओनीले हालै मोबाइल वल्र्ड कंग्रेसमा सार्वजनिक गरेको चर्चित स्मार्टफोन ए (Gionee A1) वानको प्रि बुकिंग शुरु गरेको छ । कम्पनीले विश्वबजारमा पहिलो पटक नेपालमा प्रि-बुकिंग शुरु गरेको हो ।

कम्पनीले नेपाली बजारमा कम्पनीको आधिकारिक वेबसाइट तथा फेसबुकका साथै सस्तोडिलसँग एक्सक्लुसिभ प्रि-बुकिंग शुरु गरेको छ । सो प्रि-बुकिंगमा ग्राहकहरुले ५,००० रुपैयाँ तिरेर फोन बुकिंग गर्न सक्नेछन् । प्रि-बुकिंग गर्ने हरेक ग्राहकहरुले जेबिएल ब्राण्डको ४,००० रुपैयाँ मूल्य पर्ने जेबिएल गो ब्लूटूथ स्पीकर उपहारमा प्राप्त गर्न सक्नेछन् ।

जियोनीले ए वान स्मार्टफोनको मूल्य ३२ हजार ९ सय ९९ रुपैयाँ तोकेको छ, जसमा ब्ल्याक, गोल्ड र ग्रे कलर अप्सनमा बुकिंग खुला गरेको छ । यो प्रि-बुकिंग अप्रिल ३ तारिखमा सकिने अनलाइनमा उल्लेख छ भने ४ तारिखमा फोनका साथमा उपहार पनि डेलिभर गरिने जानकारी दिईएको छ । जिओनीको ए वान स्मार्टफोन नेपालभर निशुल्क ढुवानी गरिने इकमर्श सस्तोडिलले उल्लेख गरेको छ ।

कम्पनीको यो स्मार्टफोन एस सिरिज र एम सिरिजको कम्बिनेसन भएको बताईएको छ । जिओनी नेपालका ब्राण्ड म्यानेजर समिर ढुंगानाले केहि अघि माेबाइल्सखबरसँग कुरा गर्दै यसलाई दुबै सिरिजको फ्यूजनको रुपमा ल्याईएको जानकारी दिएका थिए ।

उनकाअनुसार कम्पनीले यो स्मार्टफोन सिरिजलाई निकै महत्वदिँदै नेपाल र भारतमा विश्वबजारमा पहिलो पटक सार्वजनिक गर्न लागिएको हो ।

जिओनी ए वानमा फोटोका लागि १३ मेगापिक्सेलको सोनी आइम्याक्स २५८ को रियर क्यामरा छ भने १६ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ ।

फोनमा ५.५ इन्चको फूलएचडी डिस्प्ले राखिएको छ, जसको रिजोल्यूशन १०८०x१९२० पिकसेल रहेको छ । यसमा २ गीगाहर्जको अक्टाकोर मिडियाटेक एमटि ६७५५ प्रोसेसर राखिएको छ भने ४ जीबीको र्याम तथा ६४ जीबीको आन्तरिक स्टोरेज राखिएको छ, यसको स्टोरेजलाई १२८ जीबीसम्म बढाउन सकिनेछ ।

फोरजी एलटिई सपोर्ट गर्ने यो स्मार्टफोनमा केबल ३ सेकेण्डमा नै अनलक हुने फिंगरप्रिन्ट सेन्सर राखिएको छ ।

त्यसैगरि यसको अर्को महत्वपूर्ण विशेषता भनेको यसको शक्तिशाली ब्याट्री क्षमता हो । जिओनी ए वान स्मार्टफोनमा ४०१० एमएएचको ब्याट्री प्याक रहेको छ, जसले २ दिनसम्म फोन प्रयोग गर्न सकिने कम्पनीको दाबी छ । फोनमा चार्जको समस्यालाई कमगर्न १८ वाटको ड्यूल कोर फास्ट चार्ज प्रविधि राखिएको छ, जसले केबल २ घण्टामा फोनलाई पुरै चार्ज गर्दछ । यो प्रविधिले फोनलाई तात्नबाट बचाउने र सुरक्षित बनाउनेछ । यसका साथै फोनमा सूपर पावर सेभिंग मोड पनि राखिएको छ ।

एन्ड्रोयड नुगट ७.० भर्सनको अपरेटिंग सिस्टममा आधारित अमिगोमा संचालन हुने फोनमा ड्यूल सिम सपोर्ट गर्दछ । त्यसैगरि यसमा गाईरोस्कोप, एलेक्ट्रोनिक कम्पास, ग्राभिटि सेन्सर, लाइट सेन्सर, प्रोक्सिमिटी सेन्सर र हल सेन्सर राखिएको छ ।

फोनको अर्को विशेषता भनेको यसको स्क्रीनलाई दुई भागमा विभाजन गरेर एकै पटक प्रयोग गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।

easy care

प्रकाशित: ६ चैत्र २०७३, आईतवार