विश्व बैंकको टोलीद्वारा चन्द्रागिरिको भ्रमण

Technology Khabar ४ चैत्र २०७३, शुक्रबार

विश्व बैंकको टोलीद्वारा चन्द्रागिरिको भ्रमण

काठमाडौं ।

काठमाडौं, ४ चैत । विश्व बैंकका कार्यकारी निर्देशक अदीन हदियान्तोले चन्द्रागिरि हिल्स लिमिटेडको अनौपचारिक भ्रमण गरेका छन् ।

भ्रमणको क्रममा निर्देशक हदियान्तोले नेपालको नीजि क्षेत्रको लगानीमा निर्माण गरिएको चन्द्रागिरि हिल्स नमुनायोग्य परियोजना भएको बताए । यस्ता धेरै परियोजना निर्माण गरेर नेपालको पर्यटन उद्योगलाई प्रवद्र्धन गर्दै राष्ट्रको आर्थिक विकास गर्न सकिने धारणा राखेका थिए ।

भ्रमण टोलीमा विश्व बैंकका नेपालस्थित प्रतिनिधि रेहन रसिदे पनि उपस्थित थिए ।

टोलीले ऐतिहासिक, धार्मिक तथा पर्यटकीय गन्तव्यको रुपमा रहेको चन्द्रागिरि डाँडामा कम्पनीले निर्माण गरेका पूर्वाधारहरु विशेष गरि भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हलको अवलोकन गर्नुको साथै भ्यू टावरमा रहेको दुर्विनबाट सगरमाथालगायत अन्य हिमश्रृखलाहरुको समेत दृश्यावलोकन गरेको कम्पनीले जनाएको छ ।

Global Bank
easy care

प्रकाशित: ४ चैत्र २०७३, शुक्रबार

ताजा समाचार