ड्रोन क्यामेराले बाग्मती नदीको फोटो खिच्दै, हरेक गतिबिधी रेकर्डमा राखिने

Technology Khabar ४ चैत्र २०७३, शुक्रबार

ड्रोन क्यामेराले बाग्मती नदीको फोटो खिच्दै, हरेक गतिबिधी रेकर्डमा राखिने
सांकेतिक

काठमाडौं ।

काठमाडौँ। अब ड्रोन क्यामराबाट बाग्मती नदीको फोटो खिचेर तथ्यांक राखिने भएको छ । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले ड्रोनको सहयोगमा बाग्मती नदीको विभिन्न बिवरण संकलन गरिरहेको छ ।

ड्रोन क्यामेराबाट लिइएको तस्बिर प्राप्त भएपछि नदी किनारलाई व्यवस्थित बनाउन सहज हुने अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले जनाएको छ ।

यसको लागि दक्षिण कोरियाको सियोल विश्वविद्यालयबाट आएको ड्रोन क्यामेरा सहितको समूहले गोकर्णेश्वर नगरपालिकाको उत्तरगयादेखि ललितपुर उप महानगरपालिकाको सुन्दरी घाटसम्म तस्बिर खिची फोहर फाल्ने, ढल मिसाउने र सार्वजनिक जग्गा मिच्नेको अभिलेख उतारेको वाग्मती सफाइ अभियन्ता उमेश बोहराले जानकारी दिएका छन्।

बोहराकाअनुसार गोकर्णेश्वर नगरपालिकाको उत्तरबाहिनीदेखि गोकर्णेश्वर मन्दिरसम्म, सिनामङ्गलदेखि मीनभवनसम्म र टेकु पुलदेखि ललितपुर उपमहानगरपालिकाको सुन्दरीघाटसम्म गरी तीन समूहमा विभाजन गरी नदीमा फोहर फाल्ने, ढल मिसाउने र सार्वजनिक जग्गा मिच्नेको अभिलेख तस्बिरमार्फत उतारिएको छ ।

अब वाग्मतीको पूरै क्षेत्र र उपत्यकाका अन्य सहायक नदीको पनि ड्रोन क्यामेराबाट तस्बिर उतारिनुपर्ने आयोजना उपप्रमुख योगेन्द्र चित्रकारले बताएका छन् ।

ड्रोन क्यामेराले खिचेको तस्बिरसहितको प्रतिवेदन आवश्यक कारबाहीका लागि सहरी विकास मन्त्रालय, खानेपानी तथा सरसफाइ मन्त्रालय र सम्बन्धित महानगरपालिका एवम नगरपालिकामा बुझाइएको बताइएको छ ।

माघ २९ गते ड्रोन क्यामेराले नदी किनारमा फोहर फाल्ने,ढल मिसाउने र नदीको जग्गा मिच्नेको तस्बिर खिच्न थालिएको थियो ।

ड्रोन क्यामेराबाट तस्बिरसहितको प्रतिवेदन लिन दक्षिण कोरियाबाटै पाइलट पिटर पार्क र जिजुन फङ नेतृत्वको समूह काठमाडौँ आएको बताइएको छ।

माध्यम

easy care

प्रकाशित: ४ चैत्र २०७३, शुक्रबार

ताजा समाचार