वान प्लस ३टीको लिमिटेड एडिसन, केबल २५० यूनिट मात्र बिक्री हुने

Technology Khabar ४ चैत्र २०७३, शुक्रबार

वान प्लस ३टीको लिमिटेड एडिसन, केबल २५० यूनिट मात्र बिक्री हुने

काठमाडौं ।

काठमाडौं, ४ चैत । चीनियाँ स्मार्टफोन निर्माता कम्पनील वान प्लसले आफ्नो फ्ल्यागशिप स्मार्टफोन वान प्लस ३टीको नयाँ लिमिटेड एडिसन सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको नयाँ लिमिटेड एडिसन संस्करण यसअघिको भन्दा फरक छ र यसको पछाडि कोलेट(Colette) लेखिएको छ । यसको इन्टरनल मेमोरी १२८ जीबी राखिएको छ ।

यो भेरिएन्ट ब्ल्याक कलरको छ जसको डिजाइन पर्शिएन रिटेलर कोलेटको साथमा मिलाएर तयार गरिएको हो ।

कम्पनीले यसलाई स्टोरको २० औं वार्षिकोत्सवको अवसर पारेर सार्वजनिक गरेको हो ।

यो लिमिटेड एडिशन कोलेटल वान प्लस ३टीको मूल्य ४७९ यूरो राखिएको छ भने यो सिमित बजारमा उपलब्ध हुनेछ । अझ महत्वपूर्ण भनेको यसको केलब २५० यूनिट मात्र बिक्रीका लागि उपलब्ध हुनेछ ।

वान प्लस ३टीमा ५.५ इन्चको फूलएचडी एमोलेड डिस्प्ले राखिएको छ जसलाई गोरिल्ला ग्लास ४ द्धारा सुरक्षित गरिएको छ ।

यसमा ६४ बिटको क्वालकम स्न्यापड्रागन क्वाडकोर प्रोसेसरका साथमा ६ जीबीको र्याम राखिएको छ । फोटोका लागि १६ मेगापिक्सेलको रियर तथा ८ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिउको छ । यसमा ३४०० एमएएचको ब्याट्रीका साथमा ड्यास चार्ज प्रविधि रहेको छ ।

यो लिमिटेड एडिसन नेपाली बजारमा उपलब्ध हुनेछैन् । कम्पनीले यसलाई यूरोपमा मात्र बिक्री गर्ने हुँदा यो अन्य बजारमा किन्न सकिँदैन् ।

Global Bank
easy care

प्रकाशित: ४ चैत्र २०७३, शुक्रबार

ताजा समाचार