बजाजका बाइकहरु खरिदमा तत्काल ७,४०० रुपैयाँ नगद छुट पार्इने

Technology Khabar २ चैत्र २०७३, बुधबार

बजाजका बाइकहरु खरिदमा तत्काल ७,४०० रुपैयाँ नगद छुट पार्इने

काठमाडौं ।

काठमाडौं, २ चैत । बजाज मोटरसाइकलको नेपालका लागि अधिकृत बितरक हंसराज हुलासचन्द एण्ड को.प्रा.लि.ले नयाँवर्ष २०७४ को योजना– ‘सुन्दर रमणीय नेपाल’ सार्वजनिक गरेको छ । ‘घुमौं बजाजसँग तराई, पहाड र हिमाल’ नारासहित नयाँ योजना शुरु गरेको हो ।

कम्पनीकाअनुसार सुन्दर रमणीय नेपाल अभियानले नागरिकहरुवीचमा यसको भावनालाई प्रबद्र्धन गर्नुका साथै एकआपसमा जोड्ने लक्ष्य लिएको छ ।

यो अभियानका विशेषताहरुमा ‘७४०० रुपैयाँ स्योर सट अफर’ स्कीमअन्तर्गत कुनैपनि बजाजका बाइकहरु खरिदमा हरेकले तत्काल ७४०० रुपैयाँ नगद छुट पाउनेछन् । त्यसपछि खरिदकर्ताहरु स्वतः लक्कि ड्रमा समावेश हुनेछन्, जसमार्फत् एक व्यक्तिले मनपर्ने नेपालका विभिन्न स्थानहरुको भ्रमण गर्नका लागि रु.७४००० भ्रमण खर्च स्वरुप जित्न सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीका कार्यकारी निर्देशक शेखर गोल्छाले भने, ‘यो अभियानले मानिसहरुलाई नेपालको सुन्दर र मनोरम विविध भूगोलसँग एकआपसमा जोड्नका लागि प्रबद्र्धन गर्नेछ । हामी निश्चिन्त छौं की सुन्दर रमणीय नेपाल स्कीमले समस्त नेपालीहरुलाई नेपालको प्राकृतिक सौन्दर्यका बारेमा थाहा पाउन र अनुभव हासिल गर्न सहयोग पुग्नेछ ।’

Global Bank
easy care

प्रकाशित: २ चैत्र २०७३, बुधबार

ताजा समाचार