सोनीले एक्सपेरिया एक्स सिरिजका स्मार्टफोनको मुल्य घटायो

Technology Khabar १ चैत्र २०७३, मंगलवार

सोनीले एक्सपेरिया एक्स सिरिजका स्मार्टफोनको मुल्य घटायो

काठमाडौं ।

काठमाडौं, १ चैत । सोनीले नेपाली बजारमा आफ्नो फोनहरुको मूल्य घटाएको छ । कम्पनीले एक्सपेरिया सिरिजका दुई स्मार्टफोनको मुल्य घटाएको हो ।

सोनीको फोन बिक्री गर्दै आएको नेपा हिमाले एक्सपेरिया एक्सजेड ड्यूल तथा एक्सपेरिया एक्सए ड्यूलको मुल्य घटाएको छ ।

एक्सपेरिया एक्सजेड ड्यूलको मुल्यमा १५ हजार ५सय रुपैयाँ घटाएर नयाँ मुल्य ५९ हजार ५ सय रुपैयाँ तोकेको छ ।

त्यसैगरि एक्सपेरिया एक्सए ड्यूलको मुल्य ३ हजार रुपैयाँले कटौती गर्दै १९ हजार रुपैंया कायम गरेको छ ।

यसअघि एक्सपेरिया एक्सजेड ड्यूलको मुल्य ७५ हजार रुपैंया तथा एक्सपेरिया एक्सए ड्यूलको मुल्य २२ हजार रुपैयाँ तोकिएको थियो ।

त्यसैगरि कम्पनीले एक्सपेरिया एक्सए अल्ट्राको मुल्यमा ४ हजार रुपैयाँ कटौती गर्दै ३४ हजार ५ सय रुपैयाँ कायम गरेको छ । कम्पनीले एक्सपेरिया एक्सको मुल्य १२ हजार रुपैयाँ घटाउँदै ३८ हजार ५ सय रुपैयाँ तोकेको छ ।

कम्पनीकाअनुसार एक्सपेरिया सिरिजका स्मार्टफोनहरुको नयाँ मुल्य आजैदेखि लागु हुनेछ ।

easy care

प्रकाशित: १ चैत्र २०७३, मंगलवार