आईएमईबाट पैसा पठाउँदा गाडी उपहार पाउने क्षेत्री सम्मानित

Technology Khabar ३० फाल्गुन २०७३, सोमबार

आईएमईबाट पैसा पठाउँदा गाडी उपहार पाउने क्षेत्री सम्मानित

काठमाडौं ।

काठमाडौं, ३० फागुन । कतारस्थित रिया मनी ट्रान्सफरको संजालमा आवद्ध नेशनल एक्सचेन्जबाट आईएमई मार्फत् पैसा पठाउँदा निसान सन्नी ब्राण्डको गाडी उपहार पाउने ज्ञान बहादुर क्षेत्रीलाई आईएमईले सम्मान गरेको छ ।

क्षेत्रीले गत महिना नेपाली रुपैयाँ १ लाख २० हजार रुपन्देहीस्थित आफ्नो घरमा पठाएका थिए । बुटवलस्थित आईएमईको व्यावसायीक साझेदार संस्था तिनाउ विकास बैंकबाट उक्त रकम भुक्तान भएको थियो ।

आईएमई वरिष्ठ प्रवन्धकद्वय रुद्रराज पौडेल र खिलेन्द्र पौडेलले संयुक्त रूपमा क्षेत्रीलाई सम्मान गरेको कम्पनीले जनाएको छ ।

आफ्नो स्थापना देखिनै रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पुर्याउन प्रतिबद्व यस कम्पनीले ५,७०० सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् रेमिट्यान्स वितरण गर्दै आईरहेको जनाएको छ ।

easy care

प्रकाशित: ३० फाल्गुन २०७३, सोमबार

ताजा समाचार