यस्तो छ आइफोन ‘फास्ट चार्ज’ गर्ने सजिलो उपाय

Technology Khabar २७ फाल्गुन २०७३, शुक्रबार

यस्तो छ आइफोन ‘फास्ट चार्ज’ गर्ने सजिलो उपाय

काठमाडौं ।

काठमाडौं, २७ फागुन । तपाईँ एप्पलको आइफोन चलाउनुहुन्छ भने तपाईँलाई सँधै फोनको चार्ज छिटो सकिने चिन्ता हुन सक्दछ । स्मार्टफोनहरु मध्ये आइफोनको चार्ज छिटो सकिने समस्या सबै आइफोन प्रयोगकर्ताहरुले भोगीरहेका विषय हुन् ।

अझ आइफोनको चार्ज सकिएपछि कसरी छिटो चार्ज गर्ने भन्ने हरेक आइफोन यूजरको टाउको दुखाईको विषय हो । तर आइफोनलाई यसको सामान्य गतिको भन्दा छिटो चार्ज गर्ने केहि सरल उपायहरु छन जसले फोन छिटो चार्ज गर्न सक्नुहुनेछ ।

नेपालमा पनि आइफोन प्रयोगकर्ताहरुको संख्या दिनप्रतिदिन बढिरहेको छ । यसको आकर्षण केहि समय अघि हटकेकको रुपमा नेपालमा बिक्री भएको आइफोन सेभेन सिरिजको संख्या हेर्दा नै थाहा हुन्छ । तर यी आइफोन प्रयोगकर्ताहरु सबैको समस्या भनेको फोनको चार्ज छिटो सकिनु र कसरी छिटो चार्ज गराउनु भन्ने हो ।

एन्ड्रोयड स्मार्टफोनहरुमा फास्ट चार्जिंग फिचर राखिएको हुँदा प्रिमियम र मिडियम रेन्जका एन्ड्रोयड फोनहरुमा चार्जिंगको समस्या निकै कम देखिन्छ । अझ कतिपय स्मार्टफोनहरु त ३० मिनेट चार्ज गरेर दिनभरी चलाउन सकिने प्रविधिसहित उपलब्ध छन ।

तर एप्पलको आइफोनमा भने फास्ट चार्जिंगको प्रविधि छैन् । त्यसैले आफ्नो आइफोन छिटो चार्ज गर्न केहि सामान्य तरिका पालन गर्न सकिन्छ ।

हामी तपाईँले प्रयोग गरिरहनुभएको आइफोन छिटो चार्ज गर्ने तरिकाको बारेमा यहाँ केहि जानकारी दिने प्रयासमा छौं ।

आइप्याडको पावर एडप्टर

यसमध्ये पहिलो उपाय भनेको तपाईँको आइफोन चार्ज गर्न आइप्याडको पावर एडप्टर प्रयोग गर्न सक्नुहुन्छ । तपाईँको आइफोनसँग आउने एडप्टरको साटो आइप्याडको एडप्टर प्रयोग गरेर फोन चार्ज गर्न सकिन्छ ।

आइप्याडमा १२ भोल्ट, २.१ एम्पलको पावर एडप्टर बक्समा आउँछ भने आइफोनमा केबल ५ वाट, १ एम्पलको एडप्टर आउँछ ।

एप्पलले दिने सपोर्ट डकुमेन्टमा १२ वाटको पावर एडप्टर अन्य एप्पल डिभाइसहरुसँग प्रयोग गर्न सकिने उल्लेख छ, जसमा आइफोन, एप्पल वाच तथा अन्य एसेसरिजहरु समावेश छन् । जसले यी डिभाइसहरुलाई फास्ट चार्ज गर्न सहयोग गर्दछ ।

सामान्यतया आइफोन सेभेनको चार्जरले करिब ३ घण्टामा आइफोन पुरा चार्ज गर्दछ भने आइप्याडको एडप्टरले करिब २ घण्टामा नै आइफोन पुरा चार्ज गर्दछ ।

यदि तपाईँसग आइप्याडको चार्जर छैन भने तपाईँले एप्पलको आधिकारिक आइप्याड चार्जर किन्न सक्नुहुनेछ । अथवा तपाईँले योसँग कम्प्याटिबल हुने अन्य चार्जर पनि किन्न सक्नुहुन्छ ।

एयरप्लेन मोड

अझ यो भन्दा अर्को सहज उपाय झनै सहज र सजिलो छ । यो उपाय भनेको तपाईँको आइफोनमा रहेको अप्सनलाई प्रयोग गर्नु हो ।

यो अप्सन फोनमा हुने एयरप्लेन मोड हो । यदि तपाईँले आफ्नो आइफोन चार्ज गर्दा फोनलाई एयरप्लेन मोड वा फ्लाईट मोडमा लानुभयो भने तपाईँको फोन छिटो चार्ज हुन्छ । यसले फोन चार्ज गर्ने समयलाई पनि घटाउँछ ।

एयरप्लेन मोड खोल्नका लागि तपाईँ पहिले आइफोनको लक वा होम स्क्रीनमा तल्लो भागबाट हातले स्वाइप गर्नुपर्छ ।
त्यसपछि दायाँ भागमा रहेको एयरप्लेनको आइकनमा ट्याप गर्नुपर्छ ।

यो आइकनमा ट्याप गरेपछि आइफोनको स्क्रीनको दायाँ भागको माथिल्लो भागमा एयरप्लेनको चित्र देखिन्छ ।

यसको लागि तपाईँले सेटिंगबाट एयरप्लेन मोडमा पनि जान सक्नुहुन्छ ।

तर यो एयरप्लेन मोड खोलिसकेपछि भने तपाईँले फोन कल, म्यासेज रिसिभ गर्न वा कल गर्न सक्नुहुन्न। यसका साथै तपाईँले इन्टरनेट पनि चलाउन सक्नुहुन्न् ।

जे भएपनि तपाईँले आइफोन छिटो चार्ज गर्न सक्नुहुन्छ ।

यो जानकारी तपार्इँलार्इ कस्तो लाग्यो हामीलार्इ प्रतिकृयामा भन्नुहोस् ।

Global Bank
easy care

प्रकाशित: २७ फाल्गुन २०७३, शुक्रबार