यस्तो छ १ लाख ८७ हजार रुपैयाँ पर्ने नोकिया ३३१० को प्रिमियम हेडसेट

Technology Khabar २५ फाल्गुन २०७३, बुधबार

यस्तो छ १ लाख ८७ हजार रुपैयाँ पर्ने नोकिया ३३१० को प्रिमियम हेडसेट

काठमाडौं ।

काठमाडौं, २५ फागुन । नोकिया ३३१० को नाम पछिल्लो दिनमा निकै चर्चामा आएको छ । हालै सम्पन्न भएको मोबाइल वल्र्ड कंग्रेसमा नोकियाले आफ्नो चर्चित मोडल ३३१० पुन नयाँ डिजाइनमा सार्वजनिक गर्यो ।

करिब दुई दशक अघि सार्वजनिक भएपछि यो फोनले बिक्रीको रेकर्ड कायम गरेको थियो ।

नोकियाको अधिकारि पाएको एचएमडी ग्लोबलले अन्य स्मार्टफोनहरुका साथै यो फिचर फोन पनि सार्वजनिक गरेको थियो जसको मूल्य करिब ५० यूरो पर्दछ ।

यो फोन विश्वका विभिन्न बजारमा उपलब्ध हुन शुरु गरिसकेको छ ।

अहिले भने नोकियाको यो फोनले पुन बजारमा आफ्नो चर्चालाई बढाएको छ । हालै सार्वजनिक भएको नोकिया ३३१० को एउटा यस्तो भेरिएन्ट बजारमा आएको छ जसको मूल्य लाखौं रुपैया छ ।

हो तपाईँले ठिक पढ्नुभयो । नोकिया ३३१० (Nokia 3310) को मूल्य १ हजार ७ सय अमेरिकी डलर अर्थात करिब १ लाख ८७ हजार नेपाली रुपैयाँ पर्दछ । रुसमा भने ९९ हजार रुबल पर्नेछ ।

यो कुनै सामान्य किसिमको हेडसेट होइन् । रसियाको कम्पनी क्याभिएरले (Caviar) बनाएको नोकिया ३३१० को प्रिमियम भेरिएन्टको डिजाइन भएको हेडसेट हो, जसमा गोल्ड तथा टाइटानियमको प्रयोग गरिएको छ । अझ महत्वपूर्ण विषय भनेको यसको पछाडिको भागमा रुसका राष्ट्रपति भ्लादमीर पुटिनको चित्र बनाईएको छ । यसका साथै रसियाको राष्ट्रिय गानको एउटा पंक्ति पनि लेखिएको छ ।

नोकियाको यो निकै महंगो र प्रिमियम सेटको नाम नोकिया ३३१० सूप्रिमो पुटिन नाम राखिएको छ ।

क्याभिएर कम्पनीले बेला बेलामा यस्ता प्रिमियम हेडसेट बनाउँदै आएको छ र यस्ता हेडसेटहरु निकै महंगो मूल्यमा बिक्री गर्ने गर्दछ ।

क्याभिएरले बनाएको प्रिमियम नोकिया ३३१० हेडसेटको फिचर र स्पेशिफिकेसनमा भने कुनै परिवर्तन छैन् । यो हेडसेटको होम बटनमा रसियाको फेडेरेशनको कोट अफ आर्म बनार्ईएको छ ।

यो फोनमा डबल गोल्ड कोटेड तथा डबल इलेक्ट्रोप्लेटेडज टेक्नोलोजीसहित आउनेछ ।

Global Bank
easy care

प्रकाशित: २५ फाल्गुन २०७३, बुधबार

ताजा समाचार