अब पालाे स्मार्ट कण्डमको, प्रयोगकर्ताको यौन गतिविधिको पुरा जानकारी दिने

Technology Khabar २३ फाल्गुन २०७३, सोमबार

अब पालाे स्मार्ट कण्डमको, प्रयोगकर्ताको यौन गतिविधिको पुरा जानकारी दिने

काठमाडौं ।

काठमाडौं, २३ फागुन । प्रविधिले गर्दा अहिलेको समयमा हरेक विषयलाई सहज बनाएको छ । तपाईँले खाने पिउने, फिटनेस, वा दैनिक गतिबिधिलाई मनिटर गर्न सकिन्छ ।

पछिल्ला दिनहरुमा प्रविधिको उच्च विकासले दैनिक नयाँ नयाँ उत्पादनहरु आईरहेका छन् । यहि क्रममा तपाईँको यौन क्रियाकलापलाई नजिकबाट ट्राक गर्ने ग्याजेट आएको छ । बेलायतको कम्पनीले हालै आइ डट कन (i.Con) नामको सेक्स वेयरेबल डिभाइसका लागि रजिस्ट्रेशन शुरु गरेको छ ।

कम्पनीले यसलाई विश्वको पहिलो स्मार्ट कण्डम भएको दाबी गरिरहेको छ । अनलाइन रिटेलर ब्रिटिस कण्डम (British Condom) कम्पनीले स्मार्ट कण्डमको प्रि-रजिस्ट्रेशन शुरु गरेको छ । आइकन स्मार्ट कण्डम नामक यो ग्याजेट सार्वजनिक हुने बेलामा ७४ अमेरिकी डलरमा किन्न सकिने छ । कम्पनीले सन् २०१७ भित्रै यो बजारमा ल्याउने बताएको छ ।

कम्पनीले यसलाई स्मार्ट कण्डमको नाममा प्रि रजिस्ट्रेशन गराएपनि यो वास्तवमा कण्डम होइन् । यो डिभाइस एउटा रिंग मात्र हो जून यौनक्रियाको बेलामा कण्डमको माथि लगाउनुपर्ने हुन्छ ।

के के जानकारी दिन्छ

ब्रिटिस कण्डम कम्पनीको आइकन नामक स्मार्ट कण्डमले यौन गतिविधिको विभिन्न किसिमको जानकारीहरु प्रयोगकर्तालाई दिनेछ । यसले यौनक्रियाको थ्रस्ट स्पीड, क्यालोरी बर्न, तथा सेशनको अवधिहरु रहेका छन् । यो कण्डमले नम्बर अफ पोजिसनको जानकारी पनि दिनेछ ।

यो रिंगले नानो चीप तथा सेन्सरको माध्यमबाट तपाईँको नितान्त व्यक्तिगत यौन गतिविधिको जानकारी दिनेछ ।

 

हालसम्म यो स्मार्ट कण्डमको फोटोहरु उपलब्ध रहेको छैन्, त्यसैले यो डिभाइसको बारेमा अहिले नै यसको उपयोगिता कति आरामदायक हुन्छ भन्न सकिँदैन् ।

अन्य कुरा जे भएपनि यो रिंगले दिने सबै जानकारीहरु आइकन एपको माध्यमबाट लिन सकिनेछ, जसलाई ब्लूटूथको माध्यमबाट जोड्न सकिन्छ । प्रयोगकर्ताले यसको विभिन्न जानकारीहरु सार्वजनिकरुपमा वा साथीभाईसँग पनि शेयर गर्न सक्नेछन् ।

कम्पनीले यो डिभाइसद्धारा विभिन्न यौनजन्य रोगहरु पनि पत्ता लगाउने दाबी गरेको छ, तर त्यो कसरी काम गर्दछ भन्ने कुनै जानकारी दिएको छैन् ।

कम्पनीले हालसम्म आइकन स्मार्ट कण्डमका लागि ९६ हजार भन्दा बढि प्रि रजिस्ट्रेशन प्राप्त गरिसकेको बताएको छ ।

यो कण्डमलार्इ रिचार्ज गरेर पुन प्रयोग गर्न सकिन्छ । यसलार्इ १ घण्टा चार्ज गरेर ७/८ घण्टासम्म प्रयोग गर्न सकिन्छ ।

माध्यम

Global Bank
easy care

प्रकाशित: २३ फाल्गुन २०७३, सोमबार