सेञ्चुरी बैंकले सगरमाथा फाइनान्सलाई प्राप्ती गर्ने

Technology Khabar २० फाल्गुन २०७३, शुक्रबार

सेञ्चुरी बैंकले सगरमाथा फाइनान्सलाई प्राप्ती गर्ने

काठमाडौं ।

काठमाडौं, २० फागुन । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ललितपुरको पाटनमा केन्दि«य कार्यालय रहेको सगरमाथा फाइनान्सलाई प्राप्ती गर्न समझदारी पत्रमा हस्ताक्षर गरेको छ । सगरमाथा फाइनान्सको हकप्रद तथा अघिल्लो आ.व.को मुनाफा समेतबाट ७८ करोड रुपैयाँ पूँजी रहने छ । हाल सगरमाथा फाइनान्सको १४ वटा (११ वटा सञ्चालनमा रहेको र ३ वटा नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त) शाखा कार्यालयहरु रहेका छन् । त्यसैगरी सो संस्थाले २०७३ पुस मसान्तमा ५.६१ करोड रुपैयाँ खुद मुनाफा गर्न सफल भएको छ ।

सेञ्चुरी बैंकले यस अघि इन्नोभेटिभ डेभलपमेन्ट बैंक तथा अरनिको डेभलपमेन्ट बैंकलाई प्राप्ती गर्न सैद्धान्तिक सहमति प्राप्त गरिसकेकोे छ । सेञ्चुरी बैंकले तीन संस्था प्राप्तीबाट करिब १ अर्ब ५० करोड रुपैयाँ पूँजी प्राप्त गर्ने छ भने नपुग पूँजी हकप्रद शेयर ज।री गरेर तथा चालु आ.व.को मुनाफाबाट पु¥याउने लक्ष्य लिएको छ ।

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको चालू आ.व.को दोस्रो त्रैमासमा संचालन मुनाफ्mा ३२ करोड ७४ लाख रुपैयाँ तथा खुद मुनाफा २२ करोड ३९ लाख रुपैयाँ रहेको छ । बैंकको खुद मुनाफा गत वर्षको तुलनामा ३९.३० प्रतिशतले र यो वर्षको प्रथम त्रैमास भन्दा २०१.५० प्रतिशतले वृद्धि भएको छ । हाल सेञ्चुरी बैंककोे चुतmा पूँजी  ३.६८ अर्व रुपैयाँ रहेको छ । त्यसैगरी, चालु आ.व.को दोस्रो त्रैमासमा बैंकले ३२ अर्ब ६८ करोड रुपैयाँ निक्षेप संकलन गरी २९ अर्ब १ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

easy care

प्रकाशित: २० फाल्गुन २०७३, शुक्रबार