ह्वावे पी १० सिरिजलाई १५ अवार्ड, मोबाइल वल्र्ड कंग्रेसमा वाच टूले पनि अवार्ड पायो

Technology Khabar २० फाल्गुन २०७३, शुक्रबार

ह्वावे पी १० सिरिजलाई १५ अवार्ड, मोबाइल वल्र्ड कंग्रेसमा वाच टूले पनि अवार्ड पायो
Classic Tech

काठमाडौं, २० फागुन । ह्वावेको हालै मोबाइल वल्र्ड कंग्रेसमा सार्वजनिक गरिएका विभिन्न डिभाइसहरुले १५ अवार्ड हात पार्न सफल भएका छन् । ह्वावे पी १० (Huawei P10), ह्वावे पी १० प्लस (Huawei P10 Plus), तथा ह्वावे वाच टू (Huawei Watch 2) लाई विभिन्न अन्तराष्ट्रिय मिडियाहरुले अवार्ड दिएका हुन् ।

मिडियाहरुले स्मार्टफोन भएको लाइकाको ड्यूल लेन्स क्यामराको बारेमा निकै राम्रो प्रतिकृया दिएको कम्पनीले जनाएको छ । त्यसैगरी ह्वावे वाच टू फोरजीले पनि फोरजी तथा जीपीएसमा मिडियाको आकर्षणको केन्द्रमा रहेको थियो ।

ह्वावेले एन्ड्रोयड अर्थोरिटी, टि थ्री, एचडी ब्लग, पकेट लिन्ट, फोन एरेना, टेक एडभाइजर, रिकोम्बुको लगायतले उत्कृष्ट फोनको रुपमा ह्वावे पी १०लाई अवार्ड दिएका थिए ।

त्यसैगरी ह्वावे वाच टूले पनि टिथ्री, एचडी ब्लग, पकेट लिन्ट, एक्सपर्ट रिभ्यूज, टेक राडार, पीसी म्यागलगायतका मिडियाबाट उत्कृष्ट वेयरेबल डिभाइसको अवार्ड हात पारेको कम्पनीले जनाएको छ ।

TK Viber

प्रकाशित: २० फाल्गुन २०७३, शुक्रबार

Loading...