एन्ड्रोयड वानको नयाँ स्मार्टफोन ‘जीएम ६’, एन्ड्रोयड नुगट ७.० मा आधारित

Technology Khabar १८ फाल्गुन २०७३, बुधबार

एन्ड्रोयड वानको नयाँ स्मार्टफोन ‘जीएम ६’, एन्ड्रोयड नुगट ७.० मा आधारित

काठमाडौं ।

काठमाडौं, १८ फागुन । कुनै बेला गूगलको एन्ड्रोयड वान (Android One) स्मार्टफोनको निकै चर्चामा रहेको छ । गूगलले पहिलो अपडेटको प्राथमिकता दिँदै सार्वजनिक गरेको एन्ड्रोयड वान स्मार्टफोन नेपाली बजारमा पनि भित्रिएको थियो । भारतमा सार्वजनिक भएको निकै समय पछि मात्र नेपालमा आएको यो स्मार्टफोन अहिले कुन अवस्थामा छ भन्ने बारेमा कसैलाई जानकारी नै छैन् ।

अहिले फेरी एन्ड्रोयड वान नाममा नयाँ फोन मोबाइल वल्र्ड कंग्रेसमा सार्वजनिक भएको छ । तर यो फोन टर्किस उत्पादक जनरल मोबाइलले जीएम ६ (GM6) नाममा सार्वजनिक गरेको हो । एन्ड्रोयड वानको नयाँ फोनमा ५ इन्चको एचडी डिस्प्ले राखिएको छ भने १.५ गिगाहर्जको मिडियाटेक एमटी ६७३७टी क्वाड कोर प्रोसेसर रहेको छ । फोनमा ३ जीबीको र्याम तथा ३२ जीबीको आन्तरिक स्टोरेज उपलब्ध छ ।

फोटोका लागि यो फोनमा १३ मेगापिक्सेलको रियर क्यामरा तथा ८ मेगापिक्सेलको फ्रन्ट फेसिंग क्यामरा राखिएको छ ।
जीएम ६ एन्ड्रोयड वान स्मार्टफोनको मोटाइ ८.६ मिलिमीटर छ भने यसको तौल १५० ग्रामको छ । एन्ड्रोयडको पछिल्लो अपरेटिंग सिस्टम नुगट ७.० भर्सनमा आधारित यो फोनमा ३,००० एमएएचको ब्याट्री प्याक राखिएको छ ।

फोनको होम बटनमा नै फिंगरप्रिन्ट सेन्सर राखिएको छ भने यसको मूल्य र उपलब्धताको बारेमा कुनै जानकारी छैन् ।

Global Bank
easy care

प्रकाशित: १८ फाल्गुन २०७३, बुधबार

ताजा समाचार