रसिलो क्याण्डीको नयाँ विज्ञापन अभियान शुरु

काठमाडौं, १८ फागुन । सुजल फुड्स प्रा.लिले रसिलो क्याण्डीको नयाँ विज्ञापन अभियान शुरु गरेको छ । बजार प्रवर्धनको नयाँ योजनामा प्रसिद्ध हास्य कलाकार दिपक राज गिरीलाई अनुवन्धन गरिएको छ । विज्ञापन अभियानको नारा “चट्पटा स्वादिलो, पचाउछ सजिलो” रहेको कम्पनीले जानकारी दिएको छ ।

रसिलो क्याण्डी सुजल फुड्सको रजिस्ट्रर ट्रेडमार्क हो । यसको उत्पादन अत्याधुनिक प्रविधि प्रयोग गरी अति स्वस्थ्यकर वातावरणमा उत्पादन गरिन्छ, त्यसैले हरेक पटक क्याण्डीको उपभोग गर्दा उत्पादनको गुणस्तर र स्वादमा एक रुपता पाइने कम्पनीको दाबी छ ।

चट्पटा स्वादिलो हुनुका साथै प्राकृतिक जडिबुटी तथा मसलाले भरिपुर्ण रहेको यो क्याण्डीको मज्जा जहाँ पनि जहिले पनि लिन सकिन्छ । रसिलो क्याण्डी मोइश्चर प्रुफ मेटालिक प्याकेजिङ्ग र आकर्षक फिनिसिङ्गमा उपलब्ध रहेको छ । यो क्याण्डी नेपालभरी १ रुपैयाँमा किन्न सकिने कम्पनीले जनाएको छ ।

उक्त विज्ञापन अभियानमा क्याण्डीको पृथक चट्पटा स्वाद र पाचन गर्ने गुणलाई विषेश प्राथमिकता दिएको छ, जसमा दिपक राजलाइ एक जादुगरको रुपमा प्रस्तुत गरिएको कम्पनीले जानकारी दियो ।

लक्ष्मी ग्रुप अन्तर्गतको सुजल फुड्सले अन्तराष्ट्रियस्तरको वेकर, टफि, क्याण्डी लगायत वबलगम, स्टिक गम उत्पादन गर्दै आएको जनाएको छ ।